३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रदेश २ को सभामुखमा सरोजकुमारको उम्मेदवारी

सन्तोष सिंह

धनुषा — प्रदेश २ को सभामुखका लागि फोरम-राजपा गठबन्धनको तर्फबाट सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश २ को सभामुखमा सरोजकुमारको उम्मेदवारी

सभामुख पदमा उम्मेदवारी दर्ता गराएका राजपा सांसद यादवको प्रस्तावकमा राजपाका संसदीय दलका नेता जतेन्द्र सोनर र समर्थकमा संघिय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत रहेका छन् ।

सभामुखका लागि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।


प्रदेश २ को मुख्य मन्त्री फोरम र सभामुख राजपाले बाडफाँड गरी दुई दलले गठबन्धन बनाएको हो ।

प्रकाशित : फाल्गुन १, २०७४ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?