कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ को सभामुखमा राजपाका सरोजकुमार यादव निर्विरोध

सन्तोष सिंह

धनुषा — प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश २ को सभामुखमा राजपाका सरोजकुमार यादव निर्विरोध

सभामुख पदका लागि यादवको एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएको संसद् सचिवालका सचिव वंशीराज पौडेललले बताए ।


यादव सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार मात्रै हुनेछ । 'सभामुखको उम्मेदवारीका लागि तोकिएको मंगलबार २ बजेसम्म यादवले मात्र उम्मेदवारी दर्ता गरेका छन्', सचिव पौडेलले भने,‘भोलि (बुधबार) बस्ने प्रदेशसभा बैठकबाट सभामुख निर्वाचित हुने छ ।’


बुधबार प्रदेशसभा बैठक १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित : फाल्गुन १, २०७४ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?