कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्तीको आक्रमणबाट दुई महिलाको ज्यान गयो

अवधेशकुमार झा

राजविराज — हात्तीको आक्रमणबाट सप्तरी जिल्लामा मंगलबार दुईजना महिलाको ज्यान गएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षको जंगली हातीको आक्रमणबाट कन्चनरुप नगरपालिका-५ पथरीकी ४५ वर्षीया दुर्गीदेवी मुखिया र ३५ वर्षीया मञ्जुदेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोसीको तटबन्धछेउ घर भएका उनीहरुलाई मंगलबार घर नजिकै हात्तीले आक्रमण गरेको थियो । दुबैजनाको घटनास्थलमै मृत्यु भएको हो ।


कोसी टप्पु वन्यजन्तु आरक्षको जंगली हात्तीले आरक्षको क्षेत्र रहेको सप्तरी र सुनसरीमा वर्षेनी सर्वसाधारणको ज्यान जाने गरेको छ ।

प्रकाशित : फाल्गुन १, २०७४ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?