कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मन्त्री बनाउने विषयमा राजपामा विवाद

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनता पार्टीभित्र प्रदेश नम्बर २ को मन्त्रीमण्डलमा पार्टीबाट कसलाई पठाउने विषयमा सैद्धान्तिक सहमति जुटाउनै कठिन भएको छ । उक्त प्रदेशमा संघीय समाजवादी फोरम र राजपा मिलेर सरकार बनाउँदैछ । 

मन्त्री बनाउने विषयमा राजपामा विवाद

फोरमले लालबावु राउतलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । फागुन ३ गते उनको शपथग्रहण समारोह छ । तर, राजपाभित्र निर्वाचन जितेकालाई मात्रै मन्त्री बनाउनु पर्ने एउटा तर्क र अर्को समानुपातिकलाई पनि बनाउनुपर्ने तर्कका कारण अध्यक्ष मण्डलबीच क-कसलाई मन्त्री बनाउने विषयमा सहमति जुट्न सकेको छैन । पार्टी स्रोतले भन्यो-‘सोमबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि पहिलो चरणको मन्त्रीमण्डल गठनमा राजपाबाट प्रतिनिधित्व हुने सम्भावना कम छ ।’फोरम र राजपाले पहिलो चरणमा ७ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने सहमति गरेका छन् ।


मुख्यमन्त्रीसहित आन्तरिक मामिला, अर्थ र कृषि फोरमले तथा भौतिक पूर्वाधार, उद्योग र पर्यटन तथा सामाजिक विकास मन्त्रालय राजपाले लिने दुई दलबीच सहमति भएको छ । राजपाका २५ जना सांसद छन् । त्यसमध्ये १० जना समानुपातिक सूचीबाट सांसद् बनेका छन् ।


अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले प्रत्यक्ष जितेकालाई मात्रै मन्त्री बनाउनुपर्ने अडान राखेका छन् । नेताहरु अनिलकुमार झा र राजकिशोर यादवले भने समानुपातिक सांसदको हैसियत पनि उस्तै हुने भएकाले उनीहरुबाट पनि मन्त्री बनाइनुपर्ने पक्षमा छन् । दुईथरी तर्क गर्ने नेताहरु आफ्ना पक्षधर सांसदहरु प्रत्यक्ष कि समानुपातिक कुन प्रणालीबाट प्रतिनिधित्व गरेका छन् त्यसैलाई ध्यानमा राखेर अडान गरिरहेको पार्टी स्रोतको भनाइ छ ।

प्रकाशित : फाल्गुन १, २०७४ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?