कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पत्रकार पासवानलाई 'गोपाल गोतामे पुरस्कार' 

कान्तिपुर संवाददाता

वीरगन्ज — सातौं गोपाल गोतामे पत्रकारिता पुरस्कार पत्रकार भोलाकुमार पासवानलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा बुधबार पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जले गरेको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी र पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदीप यादवले १ तोलाको सुन मेडल र प्रमाणपत्रले पासवानलाई पुरस्कृत गरेका हुन् ।

पत्रकार पासवानलाई 'गोपाल गोतामे पुरस्कार' 

पुरस्कृत हुने पासवान सप्तरीबाट प्रकाशित कञ्चनपुर साप्ताहिकका सम्पादक तथा लेखक हुन् ।


कार्यक्रममा बोल्दै मेयर सरावगीले तत्कालीन अवस्थामा पञ्चायत शासनविरुद्ध लडेर जनमुखी पत्रकारिता गरेका गोपाल गोतामेलाई बिर्सन नसकिने बताए । उनले प्रतिष्ठानलाई जीवन्त राख्न आफ्नो तर्फबाट सहयोग हुने आश्वासन दिए । सांसद प्रदीप यादवले लोकतन्त्रको पक्षमा कलम चलाएर गोपाल गौतमले नाम कमाएको र पत्रकारिता पेसालाई एउटा उचाइमा पुर्‍याएको भन्दै प्रशंसा गरे ।


प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले क्याम्पसमा अध्ययन गर्दा मातृभूमि पत्रिकाको पछाडिको पानामा गोपालचन्द्र गौतमको लेख अध्ययन गरेको सुनाए । उनले त्यतिखेरका चर्चित पत्रकारको नाममा स्थापित पुरस्कार मधेसमा दलितहरुको पीडा बुझेका व्यक्तिलाई प्रदान गरेकोमा खुसी व्यक्त गरे ।


प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चन्द्रकिशोर झाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा पत्रकार गौतमको बारेमा प्राध्यापक बालगोपाल थापाले आफ्नो स्मरण सुनाएका थिए ।

प्रकाशित : फाल्गुन २, २०७४ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?