कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ का सभामुखले हिन्दी भाषामा लिए शपथ

सन्तोष सिंह

धनुषा — प्रदेशसभा २ का सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट ईश्वरको नाममा शपथ लिएका छन् । प्रदेश २ मा हिन्दी भाषाको विरोध भइरहेको बेला सभामुख यादवले हिन्दी भाषामा शपथ लिएका हुन्न् ।

प्रदेश २ का सभामुखले हिन्दी भाषामा लिए शपथ

यसअघि प्रदेशसभा बैठकमा राष्ट्रिय जनता पार्टीका संसदीय दलका नेता जीतेन्द्रप्रसाद सोनारले संसद बैठकमा राजपाको तर्फबाट प्रदेश संसद रहेका यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । संघीय समाजवादी फोरम संसदीय दलका नेता एवम् मुख्यमन्त्री लालबावु राउतले समर्थन गरेका थिए ।


सभामुख पदमा यादवको एकमात्र उम्मेदवारी परेकोले राजपाको तर्फबाट यादव सभामुखमा निर्विरोध निर्वाचित भएका प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीले घोषणा गरेका थिए । सभामुख चयन भएपछि यादवले अबको बाटो चुनौतीपूर्ण रहेको भन्दै सबै दललाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।


बैठकले उपसभामुखको निर्वाचन फागुन ४ गतेको लागि तोकेको छ । उपसभामुखको लागि निर्वाचन प्रदेश संसद् सचिवालयले कार्यतालिका प्रकाशित गरेको छ ।


प्रकाशित : फाल्गुन २, २०७४ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?