कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राजापामा विवाद

कान्तिपुर संवाददाता

धनुषा — मन्त्रिपरिषद् गठनसँगै राष्ट्रिय जनता पार्टी (राजपा) भित्र विवाद चुलिएको छ । अध्यक्षमण्डलबाट संसदीय दलको नेता तोकिएका जितेन्द्रप्रसाद सोनाललाई पार्टीका तर्फबाट भौतिक पूर्वाधार मन्त्रिसमेत वनाईपछि राजपामा विवाद वढेको हो ।

राजपाका सांसद रामनरेश रायले आफुहरूको परार्श र संलग्नताबिना संसदीय दलको नेता चयन भएको असन्तुष्टि जनाए । ‘संसदीय दलको नेता हामी सांसदहरूले चयन गर्ने हो,’ रायले भने, ‘हाम्रो दलको नेता कहा कसरी चयन भयो हामीलाई थाहा छैन । सांसदसंग विमर्श नै नगरी दलको नेता चयन गर्ने अधिकार कसैसंग छैन ।’ संसदीदलको नेता आफुहरूले चुन्न पाउनुपर्ने उल्लेलखगर्दै सांसद रायले मन्त्री बाँडफाँट सम्बन्धि निर्णय सच्याउन पनि पार्टी नेतृत्वसंग माग गरे ।

राजपाका असन्तुष्ट सांसदहरूका अनुसार सोनाललाई संसदीय दलको नेता चयन गर्दा अध्यक्ष मण्डलका सदस्यहरूबीच प्रदेश मन्त्रिपरिषद्मा अन्य सांसदलाई पठाउने भद्र सहमति भएको थियो । सोनाललाई दलको नेताका रुपमा सहर्ष स्विकार गरेका सांसदहरूले आफुहरूसंग परार्श समेत नगरी उनैलाई मन्त्री बनाउने अध्यक्षमण्डलको कदम पछि असन्तुष्टि सार्वजनिक गरेका हुन् । अध्यक्षमण्डलका संयोजक ठाकुरले एकलौटी रुपमा सोनाललाई मन्त्री बटाएको उनीहरूको आरोप छ । भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त सोनालले बिहिबार मुख्यमन्त्री लालबाबु राउतसंगै सपथग्रहण गरी कार्यभार सुरु गरिसेका छन् । राजपाका तर्फबाट सरकारमा सहभागि हुने अन्य मन्त्रीको नाम तय हुँन बाँकी छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?