३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बालिका बलात्कृत

कान्तिपुर संवाददाता

सिरहा — सिरहाको गोलबजार नगरपालिका ९ की १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीका अनुसार बिहीबार साँझ आफ्नै घर अगाडिको बारीमा शौच गर्न गएकी किशोरी बलात्कृत भएकी हुन् । 

बलात्कारको आरोपमा प्रहरीले मिर्चैया नगरपालिका ९ ढोढनाका २५ वर्षीय दीपककुमार मण्डललाई पक्राउ गरेको छ । पक्राउ परेका मण्डलले प्रहरीसमक्ष साथी श्यामकुमार महरा मिलेर पालैपालो जबरजस्ती करणी गरेको स्वीकारेका छन् । करणी गरिरहेकै बेला हल्ला भएपछि मण्डललाई तत्कालै गाउँलेको सहयोगमा पक्राउ गरेको गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?