२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

‘सेवक बन्नुहोस्’

कान्तिपुर संवाददाता

जनकपुर — मुख्यमन्त्री मोहम्मद लालबाब राउत प्रदेश २ का सुरक्षा प्रमुखहरूलाई जनमुखी सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् ।

‘सेवक बन्नुहोस्’

भौतिक पूर्वाधार मन्त्रालयमा आइतबार आयोजित प्रदेशको पहिलो सुरक्षा बैठकमा उनले तीनै निकायका सुरक्षा प्रमुखहरूलाई जनताका सामु सेवकका रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् । ‘जनता मुलुकको मालिक हुन,’ उनले भने– ‘उनीहरूलाई शासकको होइन, सेवकको अनुभूति दिलाउनोस् ।’

मुुलुकमा प्रमाणमुखी अनुसंधानमात्र भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले कुनै पनि घटनाको अनुसन्धान प्रमाणमुखी बनाउनुपर्ने बताए । खुला सिमानाका कारण प्रदेशमा सुरक्षा चुनौती पनि थुप्रै भएको उल्लेखगर्दै उनले सीमापार अपराध नियन्त्रणका लागि दह्रो सुरक्षा योजनाको आवश्यकता औल्याए । ‘यहाँ धेरै खाले अतिवादीहरू सक्रिय छन् । जस्तोसुकै अतिवादलाई तह लगाउने गरी सुरक्षा योजना बनाउनोस्,’ उनले भने ।

सुरक्षा बैठकमा प्रदेश २ का मुख्य सचिव राजेश्वरमान सिंहसँगै प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक विजयलाल कायस्थ, नेपाली सेनाको धारापानीस्थित पृतनाका प्रमुख उपरथी ईश्वर हमालसँगै अन्य सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागी थिए । प्रदेशमा सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरू हाजिर भएका छैनन् ।

बैठकमा सोमबार हुने प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्देशन भएको एक सहभागीले जानकारी दिए । प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन मुख्यमन्त्री राउतको संयोजकत्वमा समिति पनि बनाइएको छ । घोषित कार्यक्रमअनुसार सोमबार बिहान जनकचोकबाट सुरु हुने प्रभात फेरीमा मुख्यमन्त्री राउत समेत सहभागी हुने छन् । साझ दीपावली गरिने छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?