‘सरकारलाई सचेत गराउँछौं’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — धनुषा ३(क) बाट निर्वाचित प्रदेशसभा सदस्य रामसरोज यादव कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत नेता हुन् ।

‘सरकारलाई सचेत गराउँछौं’ 

प्रदेशसभामा कांग्रेसले खेल्ने भूमिका, प्रदेश २ को विकास र समृद्धिलगायतका विषयमा कांग्रेस संसदीय दलका नेता यादवसँग कान्तिपुर संवाददाता सन्तोष सिंहले गरेको कुराकानी :


प्रदेश विकासका लागि कांग्रेसको के भूमिका हुन्छ ?

समृद्ध प्रदेश बनाउने योजना कार्यान्वयनका लागि सदनमा अवाज उठाउँछाै‌ । बेरोजगारी समस्या समाधानका लागि रोजगारीमूलक कार्यक्रम तथा योजनका लागि पहल गर्छाै‌। गरिबीको रेखामुनि रहेका डोम, मुसहर, खत्वेको सामाजिक उत्थान र आर्थिक उत्थान गरी सामाजिक न्याय दिलाउन पहल गर्ने छाै‌ । हामी प्रतीपक्षमा छाै‌ । तर, विकासका लागि हातोमाले गर्छाै‌ । काँधमा काँध मिलाएर सत्ताधारीको कानमा अंकुश लगाएर राख्छांै । जनताको आकांक्षा विपरीत काम गरेमा सचेत गराउँछाै‌।

मधेसको मुद्दा कसरी समधान हुन्छ ?

संविधान निर्माण भएर संघीय प्रणाली कार्यान्वयन हुँदैछ । द्वन्द्व त बाँकी नै छ । द्वन्द्वले अर्को रूप लियो भने कसैलाई फाइदा हुँदैन । द्वन्द्व समाधानका लागि संविधान संशोधनको विकल्प छैन । संशोधनका लागि हामी अगाडि बढछाै‌ । बढनु पनि पर्छ । यसका लागि कांग्रेस प्रतिबद्ध छ । हामी सबैएक जुट भएर लाग्छाै‌ । संशोधन हाम्रै मुद्दा हो । मधेसी दलको मात्रै होइन । संशोधनको बाधक तत्त्व एमाले मात्र हो । यसलाई सरल बनाउन सकिन्छ । बाटो कठिन छ । संसदमा संशोधन असफल भए पनि मुद्दा समाप्त भएको छैन । मुद्दा फलिभूत भएर आउँछ । दत्तचित भएर हामी संशोधनका लागि आवाज उठाउँछाै‌ । एक दिन सफलता प्राप्त हुन्छ ।


सिंहदरबारबाट जनताको सत्ता, शक्ति, सरकार र अधिकार जनताको हातमा आएको छ । संविधानले संघीयताको ग्यारेन्टी गरेको छ । समावेशिताको ग्यारेन्टी गरेको छ । आवधिक निर्वाचण प्रणाली स्वीकार गरेको छ । संघीयतामा सबैको अधिकार सुनिश्चित हुनै नै भयो । संविधानमा केही कमीकमजोरी छन् । संविधान संशोधनमार्फत यी कमिकमजोरीलाई सम्बोधन गरेर हाम्रो संविधान, राम्रो संविधानको नजिर बसाउनुपर्ने बेला आएको छ । आशा गरौं संविधान संशोधनमार्फत संविधानलाई सर्वस्वीकृत बनाउन राजनीतिक दलहरू प्रयास गर्नेछन् ।

प्रदेशको प्रमुख आधार कृषि हो, कसरी व्यवस्थित गर्न सकिएला ?

कृषि सामग्रीमा सबसिडी ल्याएर कृषकलाई सहुलियत दिन सकिन्छ । हाम्रो लाइफ लाइन चुरे हो । जुन रूख काटिएर नाङ्गो भइसकेको छ । असर उर्वर मलिलो माटोमा परेको छ । चुरेको बालुवाले उब्जाउ माटो पुरिएको छ । चुरे संरक्षण गरी उब्जाउ भूमि जोगाउन सकिएन भने झोला बोकेर भाग्ने दिन धेरै पर छैन । केन्द्र सरकार र दातृ निकायहरूसँग समन्वय गरी माटो र वातावारण संरक्षणका लागि चुरे जोगाउन पहल गर्नुपर्ने छ । चुरे संरक्षणले मधेसमा पानी रिचार्ज हुँदा कृषि फस्टाउँछ । कृषिलाई चाहिने पानी कोसी ड्राइभर्सनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

यहाँ अर्को सम्भावना पर्यटन हो । जानकी मन्दिर दर्शन गर्न आउने पर्यटकलाई प्याकेज बनाएर रोक्न सके आम्दानी गर्ने सम्भावना पर्याप्त छ ।


कोसी टप्पु र पर्सा आरक्षण क्षेत्रलाई पर्यटनको प्याकेज बनाउन सकिन्छ । जटही–जनकपुर–ढल्केबर ६ लेन व्यपारिक मार्ग, जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेल्वे र भिठ्ठामोड सडले प्रदेशमा थप सम्भावनाहरू बढेको छ ।

चुरे विनाशले कस्तो असर परेको छ ?

दैनिक जीवनमा असर परेको छ । उब्जाउ जमिन बालुवा र ढुङ्गाले छोपिएको छ । खोलामा पानीको मुहान सुकेको छ । नदी, खोलाको सतह बढदै जाँदा बाढीले बस्ती जोखिममा परेको छ । चुरे विनाशले पानीको मुहान सुकेर समस्या भएको छ । मधेसमा खानेपानीको मुख्य स्रोत वर्षौं पुराना इनार कल सुक्न थालेको छ । चुरे हराभरा बनाएर मात्र प्रदेश हराभरा बनाउन सकिन्छ । प्रदेश २ मा रूख काटनेविरुद्ध अभियान चलाउनुपर्ने समय आएको छ । जनताले रूख समाएर बस्ने दिन आउँदै छ । पानीको मुहान सुक्न नदिन र वातारवरण संरक्षणका लागि सर्वसाधारणले रूख संरक्षणका लागि जुटने समय आएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?