कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हतियारसहित तीन भारतीय पक्राउ 

शिव पुरी

रौतहट — अवैध हतियार बोकेर नेपाल प्रवेश गरेका ३ भारतीयलाई रौतहट प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीहरु आधुनिक पेस्तोलसहित सदरमुकाम गौरस्थित एक होटलबाट पक्राउ परेका हुन् । पक्राउ परेकालाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

हतियारसहित तीन भारतीय पक्राउ 

गौर नगरपालिका-२ स्थित मुन्ना होटलबाट भारत बिहार राज्य मुजफरपुर जिल्ला हरसेर ग्रामपञ्चायत-१ कोदरियाका मदन कुशवाहा, घोसउत ग्रामपञ्चायत-१ स्वर्ण माधोपुरका दिनेशप्रसाद कुशवाहा र मानिर ग्रामपञ्चायत-२ गदाईका अजयप्रसाद कुशवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताए ।


सादा पोसाकमा खटिएको टोलीले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल १ थान, नलकटुवा पेस्तोल एक र एसएलआर बन्दुकमा लाग्ने गोली ३ थान बरामद भएको प्रहरीले जनायो ।


होटलमा बसेर आपराधिक घटनाको योजना बनाइरहेको खबर पाएलगत्तै पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । खुला सीमाका कारण यहाँ भारतीय आपराधीहरु हतियार बोकेर वारपार गर्छन् ।

प्रकाशित : फाल्गुन ८, २०७४ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?