कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अबको लडाइँ समृद्धि र विकासको लागि : दाहाल  

शिव पुरी

रौतहट — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको लडाइँ समृद्धि र विकासको लागि भएको बताएका छन् । 

अबको लडाइँ समृद्धि र विकासको लागि : दाहाल  

‘समृद्धिको यात्रामा तिव्र गतिमा जानु पर्छ,’ उनले भने,’ यसमा सबैको साथ र सहयोग आवस्यक छ । अबको लडाइँ समृद्धिको हुनेछ ।’

रौतहटको धनसर–जंगलसैया सडकको आइतबार उद्धघाटन गर्न आएका दाहालले रौतहटले पनि समृद्धिको यात्रामा सहभागी हुनुपर्ने बताए । ‘हामी जनताकै हितका लागी भनेर निरन्तर ज्यान हत्केलामा राखेर आन्दोलन गरेका कम्युनिष्टहरु १९ सालदेखि विभाजनको दुश्चक्रमा परेका थियांै,’ उनले भने, ‘अहिले जनताको भावनालाई राष्ट्रको आवस्यकतालाई बुझेर एकिकृत हुने, केन्द्रिकृत हुने र सम्पूर्ण रुपले राष्ट्र जनताको सेवामा समर्पित गर्ने बेला आएको छ ।’ उनले समृद्धि र विकासलाई बढी जोड दिएका थिए ।

अध्यक्ष दाहालले वामगठबन्धन मार्फत निर्वाचनमा दुईतिहाई बहुमत आएको र अब वामगठबन्धन नरहने स्पष्ट पारे । ‘एउटै पार्टी बन्ने छ,’ अध्यक्ष दाहालले भने, ‘एउटै कम्यूनिष्ट पार्टी बन्ने छ । र नेपाल कम्युनिष्ट पार्टी बहुमतसहित सरकार बनाउँछ ।’


आफू प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री सित हुलीक मार्ग बनाउन सिधा/सिधा भाषामा कुरा गरेको उनले बताए । भारतले हुलाकी मार्ग बनाउन सहयोग गर्ने दाहालले बताए । केही समय भित्र रेलमार्ग निर्माण हुने उनको भनाई छ । पार्टी एकता संयोजन समितिमा तराई मधेशमा बिकाशको प्याकेज लैजान आफुले प्रस्ताव गरेको उनले स्पष्ट पारे ।


सोमबार मन्त्रिपरिषदले पूर्णता पाउने र तराई मधेशको विकासमा धेरै केन्द्रित हुने दाहालको भनाई थियो । मधेशका जनताले गरेको विश्वास अब विकासबाट दिने उनले बताए । मन्त्रिमण्डल विस्तारको छलफल थाँती राखेर दाहाल सडक उद्धघाटनका लागी रौतहट आएका हुन् ।


सरकारको पूर्णता बारेमा एमाले अध्यक्ष केपी ओली सित बसेर टुंग्याउने बताए । उनि पत्नि सितालाई साथै लिई आएका थिए ।

प्रकाशित : फाल्गुन १३, २०७४ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?