कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चारको अधिकार स्थानीय तहसम्म पुर्‍याइने 

श्यामसुन्दर शशि

जनकपुर — नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सिंहदरवारको अधिकार गाउँसम्म पुगे पनि सञ्चारकर्मीहरुको अधिकार अझै पनि केन्द्रमै सीमित रहेको बताएका छन् ।

सञ्चारको अधिकार स्थानीय तहसम्म पुर्‍याइने 

नेपाल पत्रकार महासंघ धनुषाले मंंगलबार केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्न यहाँ आयोजना गरेको ‘ स्वागत तथा सम्मान ’कार्यक्रमलाई बोल्दै अध्यक्ष आचार्यले भने–‘ संघीयता कार्यान्वयनसँगै सिंहदरवारको अधिकार गाउँसम्म पुगेको छ तर संचारकर्मीहरुको अधिकार अझै पनि केन्द्रमै छ ।’


मंगलवार अपरान्हदेखि जनकपुरमा शुुरु हुने पत्रकार महासंघको केन्द्रिय समिति बैठकमा सञ्चारकर्मीहरुको अधिकार विनियोजन गर्ने विषयमा महत्वपूर्ण निर्णय गरिने उनले जानकारी दिए । बैठकमा महासंघको प्रदेश सम्मेलनको मिति निर्धारण तथा प्रादेशिक संरचनासहितको विधानमाथि छलफल हुनेछ ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका उपाध्यक्षहरु विपुल पोख्रेल तथा दिलिप थापामगर,महासचिव रमेश विष्ट , सचिवहरु रामप्रसाद दाहाल,लक्ष्मी पुन,उदय जेएम,शीतल प्रसाद साह,रेमबहादुर विश्वकर्मा, प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्रसंगै केन्द्रिय सदस्यहरु एवं आठ जिल्लाका अध्यक्षलाई मिथिलाको पारम्परिक पाग,गमछा तथा मायाको चिनो प्रदान गरी सम्मानित गरिएको थियो ।


प्रकाशित : फाल्गुन २२, २०७४ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?