१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

फेरि सामूहिक बलात्कार

पाँच युवकले युवतीलाई बन्धक बनाएर बलात्कार, २ आरोपी पक्राउ
अवधेशकुमार झा

राजविराज — सप्तरीको एटहरी विष्णुपुर गाउँपालिकामा ३१ वर्षीया महिलाको सामूहिक बलात्कार भएको घटनाको २४ घण्टा नबित्दै जिल्लामा अर्को सामूहिक बलात्कारको घटना भएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका ३ कचनदाहाकी १८ वर्षीया युवतीलाई आइतबार राति स्थानीय पाँच युवकले गहुँखेतमा लगेर बन्धक बनाई चार घण्टासम्म सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

फेरि सामूहिक बलात्कार

घटनाका मुख्य २ आरोपीलाई प्रहरीले आइतबार राति नै नियन्त्रणमा लिएको छ । अन्य तीन जनाको खोजी भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

छिमेकी घरमा भइरहेको बिहे कार्यक्रममा आमासहितका परिवारका सदस्य गएका बेला बलात्कृत युवती औषधि किन्न घर नजिकैको पसलतर्फ गएका थिइन् । औषधि खरिद गरी फर्कने क्रममा स्थानीय दुई युवकले उनलाई बाटोबाटै मुख थुनेर नियन्त्रणमा लिँदै बस्ती नजिकैको गहुँ खेतमा लगेको पीडित युवतीकी आमाले बताइन् । गहुँ खेतमा लगेर दुबैजना युवकले छोरीलाई निवस्त्र गरी पालैपालो बलात्कार गरेको उनकी आमाले बताइन् ।

‘मलाई निवस्त्र पारी घरछेउकै २ जनाले पालैपालो बलात्कार गरे,’ पीडित युवतीले भनिन्, ‘उनीहरूले बलात्कार गरिसकेपछि फोन गरेर थप ३ जना साथीलाई बोलाए, फोन गरी बोलाएर आएका तीन जनाले पनि मलाई बलात्कार गरे ।’ सुरुमा २ जनाले बलात्कार गरी फोन गरेर अन्यलाई बोलाउन खोज्दा आफूलाई उनीहरूले कुटपिट गरेको उनले बताए । ‘हल्ला गरे ज्यान मारिदिने भन्दै पछि आएका तीन जनाले पनि बलात्कार गरे,’ पीडित युवतीले भनिन् ।

राति ८ बजे औषधि किन्न गएकी ती युवतीलाई मध्यराति १२ बजेसम्म आरोपीहरूले बन्धक बनाएर गहुँ खेतमा बलात्कार गरेको प्रहरीको भनाइ छ । छिमेकीको घरमा बिहेको कार्यक्रममा गीत गाउँदै गरेकी युवतीकी आमालाई अन्य युवतीहरूले तिम्रो छोरीलाई उठाएर गहुँ खेततर्फ लगेको बताएपछि उनी छोरी खोज्न निस्कएकी थिइन् । खोज्दै जाने क्रममा गाउँकै विद्यालयको चौर नजिकैको गहुँ खेतमा पुगेर छोरीको नाम लिएर पटकपटक आवाज दिँदा छोरीले पनि आवाज दिएपछि आफू छोरी भएको स्थानमा पुगेको युवतीकी आमाले बताइन् ।

‘गहुखेतमा छोरी निवस्त्र थिइन्,’ आमाले भनिन्, ‘मेरो सातो गयो तर जसोतसो उठाएर घर ल्याई प्रहरीमा खवर गरें ।’ युवतीलाई बन्धक बनाई पाँच जनाले बलात्कार गरेको घटनाबारे जानकारी पाउनासाथ गएको प्रहरी टोलीले आरोपी पाँच जनामध्ये मुख्य आरोपी दुई जनालाई आइतबार राति नै नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिए । पक्राउ गरिएका दुबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । अन्य तीन जना आरोपीको खोजीका लागि प्रहरी टोली र सादापोसाकका प्रहरी परिचालन गरिएको उनले बताए ।

पीडित युवतीलाई आइतबार राति नै स्वास्थ्य परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएको छ । उनी स्वास्थ्य परीक्षणपश्चात सोमबार साझ घर फर्किएकी छन् । युवतीकी आमाका अनुसार युवतीको ढाडमा चोट लागेको छ ।

यसैबीच, सप्तरीको विष्णुपुर गाउँपालिका ७ की राम थरकी ३२ वर्षीय एक दलित महिलामाथि शनिबार राति आफनी सानी आमाको घरबाट माइती घर फर्किने क्रममा २ जनाको समूहले बलात्कार गरेको घटनाका आरोपीलाई पक्राउ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालित भएको छ । आरोपीको पहिचान भइसकेकाले चौतर्फी रूपमा प्रहरी परिचालित रहेकाले आरोपी छिटै कानुनी दायरामा ल्याउने जिल्ला प्रहरी प्रमुख एसपी सिंहले जानकारी दिए ।

यस्तै, जिल्लामा पछिल्लो समय बलात्कारका घटना दिनेपिच्छे हुन थालेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले लंैगिक हिंसाविरुद्धको महिला सञ्जालसितको सान्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको एसपी सिंहले जानकारी दिए । इन्टरनेटमा बढदो पहुँच र मदिरा सेवन लगायतका कारणले पछिल्लो समय यौनजन्य हिंसा बढेको एसपी सिंहले बताए । उनले यस्ता प्रवृत्तिलाई रोक्न लंैगिक हिंसाविरुद्धको महिला सञ्जाल र स्थानीय जनप्रतिनिधिहरूसित मिलेर प्रहरीले तत्कालै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।


झडपमा आधा दर्जन घाइते

निजगढ (कास)– दम्पती हत्या काण्डको विषयलाई लिएर बाराको सिमरामा सोमबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । झडपमा परी प्रहरी र स्थानीय गरी आधा दर्जन मानिस घाइते भएका छन् ।

घाइते हुनेमा जीतपुरी सिमरा उपमहानगरपालिका .६ की सोनम खातुन, महिला प्रहरी जवान विष्णु कुमारी कार्की, प्रहरी जवान बखतबहादुर खडका र तेज बहादुर चौहानलगायत छन् । उनीहरूको स्थानीय अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको छ । सोनम प्रहरीको लाठी चार्जबाट घाइते भएकी हुन् । प्रहरीहरू गाउलेले प्रहार गरेको ढुंगामुढा प्रहारबाट घाइते भएका छन् ।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरामा ल्र्याएका जीतपुरसिमरा उपमहानगरपालिका ६ का समसुल मियाँलाई निसर्त रिहाइ गर्नुपर्ने अडान स्थानीयले लिएपछि विवाद चुलिएर झडप भएको प्रत्यक्षदर्शीले बताए । प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका ६ का वडा अध्यक्ष क्यामुदिन अंसारीको नेतृत्वमा आएका स्थानीयले समसुल निर्दोश रहेको भन्दै निसर्त रिहाइ गर्न आग्रह गरेको थियो । प्रहरीले भने सामान्य अनुसन्धानका लागि मात्र बोलाइएको भन्दै अनुसन्धान सकिएपछि छाडिदिने प्रतिक्रिया दिएको थियो । यता समसुललाई अनुसन्धानका लागि सार्वजनिक मुद्दामा १० दिको म्याद प्रहरीले थमाएको छ । प्रहरीले समसुलाई निजी निवासबाट गत शनिबार पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए । जीतपुरसिमरा उपमहानगरपालिका ३ निवासी पशु कृषक दिपक सुवेदी र उनकी पत्नी दिपा सुवेदी दम्पतीको तीन महिनाअघि मंसिर १५ गते राति उनकै निवासमा हत्या भएको थियो । तीन महिना बितिसक्दा पनि प्रहरी घटनाका दोषी नजिक पुग्न नसकेको पीडित परिवारको आरोप छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?