२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

२८ जुवाडे पक्राउ

रवीन्द्र उप्रेती

महोत्तरी — प्रहरीले बलवा र वर्दिबासका छुट्टाछुट्टै स्थानबाट तासजुवा खेलिरहेका २८ जनालाई नियन्त्रणमा लिएको छ ।

२८ जुवाडे पक्राउ

बलवा नगरपालिका-११ स्थित अंकुशी खोला किनारमा बुधबार जुवा खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरीले खालबाटै २ जुवाडे पक्राउ गरेको हो । गस्ती प्रहरीलाई टोढैबाट देखेपछि २५/३० जनाको संख्यामा रहेका जुवाडे समूह भागेको जिल्ला प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा महोत्तरी रामगोपालपुर-६ का २५ वर्षीय वैधनाथकुमार चौधरी र वारा सिमरौनगढ-२ का ६५ वर्षीय अवध साह तेली छन् ।


प्रहरी निरीक्षक केदार बस्नेतकाअनुसार खोलाको सुनसान बगरमा अवाञ्छित गतिविधि भइरहेको सुराकीको आधारमा पुगेको गस्ती प्रहरीले चौधरी र साहलाई पक्राउ गरेका हो । प्रहरीलाई छल्न बगरमा विभिन्न खाल बनाई कौडा हानिरहेका उनीहरु गस्ती आएको देख्नासाथ तितरबितर भएका थिए । बगरभरि थापिएका खालबाट ८ सेट (१ सय २८ दाना) कौडा, ४ सेट तास, ६ हजार ७ सय ६० रुपैयाँ नगद समेत बरामद भएको छ । उनीहरु पेसेवर जुवाडे रहेको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला अदालतले दुवैलाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद दिएको छ ।


त्यस्तै बर्दिबास प्रहरीले बर्दिबासको १, ३ र ४ नं. वडाबाट तास खेल्दै गरेको ५ वटा घटनामा २६ जनालाई पक्राउ गरेको जनाएको छ । बर्दिबास प्रहरीका डिएसपी प्रवीण पोखरेलकाअनुसार पक्राउ परेकामध्ये तास खेल्ने २४ जनालाई कागज गराई छाडेको र कौडा खेल्ने २ जानाविरुद्ध जुवा ऐनन्तर्गत महोत्तरी जिल्ला अदालतमा मुद्दा चलाइएको छ । सबैभन्दा बढी वडा नं १ बाट २० जना बाह्रमासे पक्राउ परेको पोखरेलले जनाए ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?