कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकैमा दाना नै लागेन

कान्तिपुर संवाददाता

पर्सा — पर्सा र बारामा मकै बालीमा दाना नलाग्दा किसान चिन्तित बनेका छन् । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ मधुवन मथवलका किसानले लगाएको मकैको घोगामा दाना नलागेको गुनासो गरेका छन् । 

मकैमा दाना नै लागेन

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको पूर्वी भेगका किसानले पनि मकैमा दाना नलागेको गुनासो गरेका छन् । मधुवन मथवलको औराहा, सिद्धपुर सथवलमा लगाइएको करिब ३ बिघामा खेती गरिएको मकैबालीमा दाना लागेको छैन । बोटमा मकैको घोगा तयार भएजस्तो देखिए पनि भित्र भने एउटै पनि दाना छैन । बाली नै नसप्रेपछि किसानले मकैबाली जोतेर अर्को खेती गर्न थालेको मधुवन मथवलका किसान दिनेश तिमिल्सिनाले जानकारी दिए ।


यता बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ का किसान परमानन्द चौधरीले केही किसानको मकै बालीमा पनि समस्या देखिएको बताए । बन्नी, ड्रेगन, स्रेस्ता, सिपी ८३८ हाइब्रिड लगाएका मकैमा दाना लागेको छैन । किसानले मकै बालीमा भिटामिन, मल, कीटनाशक औषधिको प्रयोग गरे पनि दाना नलाग्दा हैरान छन् ।


पर्सा र बाराका अधिकांश किसानले बाराको जितपुर बजारका बिउबिजन पसलबाट मकैको बिउ किनेका थिए । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका प्रमुख तथा कृषि वैज्ञानिक तुफेल अख्तरले मकैमा दाना नलागेको अनुसन्धान भइरहेको बताए । लामो समयको शीतलहर चलेकाले पनि मकै बालीमा दाना नलागेको उनको दाबी छ । ‘बालीनालीको उत्पादनमा मौसमको पनि ठूलो प्रभाव हुन्छ,’ उनले भने, ‘मकै बालीलाई शीतलहरले असर गरेको हुन सक्छ ।’


प्रकाशित : फाल्गुन ३०, २०७४ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?