वकिल नै तिर्दैनन् आयकर

शंकर आचार्य

पर्सा — आयकरको दायरामा आउन पर्साका कानुन व्यवसायीले अटेरी गरेका छन् । आन्तरिक राजस्व कार्यालयको पटकपटकको आग्रहलाई पनि उनीहरूले लत्याएका छन् । पर्सामा झन्डै ३ सय कानुन व्यवसायी कार्यरत रहे पनि ३१ जनाले मात्र स्थायी लेखा नम्बर लिएको कार्यालयको रेकर्डमा छ ।

उनीहरूलाई करको दायरामा ल्याउन जिल्ला अदालत र बार एसोसिएसनसँग समन्वय गर्ने प्रयास भइरहेको वीरगन्ज आन्तरिक राजस्व कार्यालयले जनाएको छ । लेखापढी व्यवसायीलाई काम दिने कानुन व्यवसायीहरू जानाजान आयकरको दायरामा आउन नचाहेको अधिकृत श्याम बोहोराले बताए । बोहोराका अनुसार लेखापढी व्यवसायी ४ वर्षअघि स्वैच्छिक र उत्साहजनक रूपमा आयकरको दायरामा आएका थिए । पर्साका लेखनदासले एकैपटक ३ वर्षको आयकर तिरेका थिए ।

त्यति बेला महानगर क्षेत्रमा कार्यरत लेखापढी व्यवसायीले वार्षिक ३ हजार ५ सय र गाउँपालिका क्षेत्रमा कार्यरत लेखनदासले वार्षिक १ हजार २ सय ५० रुपैयाँका दरले आयकर तरेका थिए । लेखापढी व्यवसायीको वार्षिक आम्दानी न्यूनतम वार्षिक २ लाख रुपैयाँसम्म मानेर करको दायरामा ल्याइएको बोहोराले बताए ।

लेखापढीको इजाजत लिएर शिक्षण तथा अन्य पेसामा आबद्ध रहेकाहरू पनि उत्साहजन करको दायरामा आएका थिए । त्यति बेला वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी भएका स्थायी लेखा नम्बर (प्यान) को दायरामा आउने सुविधा भए पनि लेखनदास स्वेच्छाले आयकरको दायरामा आएका थिए ।

प्रकाशित : चैत्र ३, २०७४ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?