३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

लोभमा पर्दा किसानलाई नोक्सान

रौतहट — चन्द्रपुर नगरपालिका–३ गैंडाटारकी नन्दमाया दाहालले स्थानीय मकैको बीउ छाडेर प्रति कठ्ठा चार मनका दरले फल्ने भनिएको उन्नत जातको ‘बन्नी’ (हाइब्रिड) मकै खरिद गरेर बारीमा लगाइन् ।

लोभमा पर्दा किसानलाई नोक्सान

मकैलाई चाहिने मलजल पानी गोडमेलमा कुनै कसर राखिनन् । बोट र घोघा निकै सप्रेको छ । तर बाली भित्र्याउने समय नजिकिँदै गर्दा दाना भने फिटिक्कै लागेन ।

दाहालले ११ कठ्ठामा बन्नी जातको मकै लगाएकी हुन । यसबाट मनग्गे फल्ने उनको ठम्याई गलत सावित भएको छ । ‘चैतमा मकै भित्र्याउनु पर्नेमा एक गेडा दाना लागेन,’ उनले भनिन, ‘धेरै फल्ने लोभमा पर्दा धेरैे नोक्सानी ब्यहोर्नु पर्‍यो ।’ उनले हरियो मकै काटेर वस्तुलाई खुवाइन् । दाहाल मात्र होइन गाउाभरीका किसानको पीडा उस्तै छ । घोघा ठूलो भए पनि कुनै बोटमा दाना लागेको छैन । गाउाका झण्डै ३ सय बिघा जमिनमा लगाइएको बन्नी मकैमा दाना लागेको छैन । किसानले गत कात्तिकको पहिलो साता बीउ लगाएका हुन् । गतवर्ष प्रतिकठ्ठा ४ क्विन्टलसम्म फलेपछि हौसिएका किसानले यसपालि पनि सोही बिउ लगाएका हुन् ।

स्थानीय किसानले मंगलेश्वर, मैनाली र राउत एग्रोभेटबाट उन्नतजात (हाइब्रिड) को मकैको बीउ खरिद गरेको बताए । चन्द्रनिगाहपुरका किसानले लगाएको मकैमा पनि दाना लागेन । यहााका किसानले पनि धेरै फल्ने लोभले बन्नी नै लगाएका थिए । उनीहरूले क्षतिपूर्तिका लागि वडा कार्यालयमार्फत सम्बन्धित निकायमा पत्राचार गरेका छन् । वडाअध्यक्ष अमर आलेले किसानको निवेदन अनुसार सिफारिस गरेको बताए । भारतको हैदराबादस्थित निजी बिज उत्पादन कम्पनीबाट नेपाल ल्याइएको बीउ बारास्थित अरबिन्द एग्रो सेन्टर मार्फत स्थानीय एग्रोभेटले किसानलाई बिक्री गरेका हुन् ।

अरबिन्दले बारा, पर्सा र रौतहटका एग्रोभेटलाई यही बीउ आपूर्ति गर्छ । यो नेपाल सरकारले प्रमाणित गरेको बीउ हो । बन्नी जातको मकै लगाउँदा राम्रो कमाउन सकिने भन्दै बीउ उत्पादक कम्पनीले किसानलाई प्रोत्साहन गरेको थियो । किसानले बाली लगाएको बेलादेखि मल र सिंचाइको प्रशस्त सुविधा पुर्‍याएका थिए । यहााका किसानले वर्षमा २ पटक मकै लगाउाछन । पछिल्लो समय किसानले उन्न्तत जातको मकै लगाउन थालेका हुन् । कृषि अधिकृत रामकृपाल चौधरीले मौसमका कारण मकैमा दाना नलागेको बताए । ‘मकै बालीलाई चाहिने चिसो हावापानी प्रभाव पर्दा घोघामा दाना लागेन,’ उनले भने, ‘गत वर्षको तुलनामा यसपटक किसानलाई क्षति पुगेको छ ।’ स्थानीय जातको मकैमा दाना लाग्ने भए पनि कम फल्न थालेपछि किसानले लगाउन छाडेका हुन् ।

उनीहरूले बीउ बिक्री गर्ने बिजभण्डारलाई कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन । बिज भण्डारले प्रतिकेजी ६ सयका दरले किसानलाई बीउ बिक्री गरेको हो । किसानले बीउ व्यापारीले पुरानो नक्कली बीउ बिक्री गरेको हुन सक्ने शंका गरेका छन् । ‘हामीलाई नयाँ भनेर पुरानो नक्कली बीउ बिक्री गरेको शंका छ,’ स्थानीय रमेश हुमागाईले भने, ‘नक्कली बीउ बिक्री गरेको हो भने कारबाही हुनुपर्छ ।’ हुमागाईको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । समितिले कृषि विकास कार्यालयलाई जानकारी गराएको छ । कार्यालयले क्षतिको विवरण संकलन गरेको जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७४ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?