राजमार्गमै जुवाको खाल

७ जना पक्राउ

राजविराज — पूर्व–पश्चिम राजमार्ग छेउकै बस्तीमा संगठित रूपमा जुवा खेलाउने गरिएको छ । प्रहरीलाई छल्दै मोबाइल टोलीजस्तै जुवाडेले लाखौ रुपैयाँ बराबरको कौडा खेल्ने गरेको खुलेको छ ।

सप्तरी प्रहरीले मंगलबार अग्नीसाइर कृष्णासवरण गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गभन्दा २ सय मिटर दक्षिणमा रहेको रमेश चौधरीको घरमा जुवाको खालमा छापा मारेर जुवाडेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक डिल्ली चौहानका अनुसार चौधरीको घरमा सुनसरी, सप्तरी र सिरहाका विभिन्न स्थानबाट आएकाले जुवाको खाल नै बनाएको थियो ।

राजमार्गको सडकनजिकै घर रहेकोले प्रहरीको गाडी देख्नासाथ केही जुवाडे भागे पनि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक चौहानका अनुसार प्रहरीले जुवाको खालबाट १ लाख २४ हजार ८ सय १० रुपैयाँ, कौडा र तास समेत बरामद गरेको छ । लाखौ रुपैयाँ बराबरको जुवा भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय कञ्चनपुर र स्थानीय प्रहरी टोलीले छापा मारेको थियो ।

सप्तरी, सिरहा र सुनसरी लगायतका जिल्ला र भारतीय क्षेत्रबाट पनि पेसेवर जुवाडेहरू जुवा खेल्न आउने गरेको र लाखौंको खेल हुने गरेको छ । भागेकाहरूमा पनि सुनसरी र सिरहाका गरी ८ जना रहेको प्रहरीको भनाइ छ । स्रोतका अनुसार सप्तरीको राजविराज नगरपालिकाका विभिन्न स्थानमा पनि जुवाखेल हुँदै आएको छ । सप्तरीका एसपी मुकेश सिंहले जुवा खेल रोक्न प्रहरी परिचालन गरिएको बताए ।

प्रकाशित : चैत्र ७, २०७४ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?