१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

व्यापारी पक्राउको विरोधमा चक्काजाम 

रवीन्द्र उप्रेती

महोत्तरी — विद्यूत चोरीको आरोप लगाएर व्यापारीलाई पक्राउ गरेको विरोधमा रामगोपालपुर अपरान्हदेखि तनावग्रस्त छ ।

व्यापारी पक्राउको विरोधमा चक्काजाम 

विद्यूत चुहावट नियन्त्रणका लागि खटिएको सुरक्षाकर्मीसहितको टोलीले रामगोपालपुर ५ का पान पसलका सञ्चालक बेचन चौधरीलाई बुधवार पसलबाटै नियन्त्रणमा लिएपछि विरोधमा उत्रिएका स्थानिय व्यापारीले चक्का जाम गरेका छन् ।


उनीहरुले जलेश्वर वर्दिवास सडक खण्डमा बाँसका भर्‍याङ र ब्रेन्च तेर्स्याउनुका साथै टायर बालेर अवरोध गरेका छन् । सडक अवारेधका कारण वस,साना तथा ठूला सवारी साधनहरु रामगोपालपुरमै रोकिएका छन् ।


चौधरीलाई तत्काल रिहाईको माग गर्दै उनीहरुले रामगोपालपुरस्थित विद्यूत प्राधिकरणको महशुल काउण्टरमा समेत तालाबन्दी गर्दै नाराबाजी गरेका छन् । उनीहरुले प्राधिकरणका कर्मचारीद्वय पुरुषोत्तम प्रसाई र मनोज यादवलाई काउण्टरमा थुनेका छन् ।


चौधरीलाई न छाडे महशुल काउण्टरमा आगजनी गर्नेसम्मको धम्की आउन थालेपछि कर्मचारी त्रासमा रहेको जनाईएको छ । आगजानीको धम्कीले काउण्टर राखिएको घर मालिकले समेत डराएर चौधरीलाई छाड्न फोन गरेपछि आफू दबाबमा परेको प्राधिकरणको जलेश्वर शाखाका प्रमुख माधवेन्द्र यादवले जनाए ।


चौधरी निर्दोष भएको व्यापारीहरुको दावी छ । निर्दोष व्यक्तिलाई नियन्त्रणमा लिएर प्राधिकरणले ज्यादती गरेको व्यपारीहरुको आरोप छ । चौधरीले आफ्नो पान पसलमा सब मिटर राखेर विद्यूत प्रयोग गरेको उनीहरुले जनाए ।


तर शाखा प्रमुख यादवका अनुसार विद्युतकर्मीले अघिल्लो दिन नै सुराकी प्रयोग गरी चौधरीले हुकिङ गरेको पत्तो लगाएको थियो । सोही सूचनाको आधारमा विद्युत चुहावट नियन्त्रण टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : चैत्र १४, २०७४ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?