३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ब्याग उद्योग संघको अध्यक्षमा बजगार्इं

रासस

काठमाडौँ — नेपाल ब्याग उद्योग संघको पाँचौं अधिवेशनले वीरबहादुर बजगार्इंको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । 

ब्याग उद्योग संघको अध्यक्षमा बजगार्इं

यसैगरी संघको उपाध्यक्षमा राजु महर्जन, महासचिवमा केशवबहादुर घिमिरे, सचिवमा निरोजप्रसाद ढुंगाना र कोषाध्यक्षमा गोविन्दकुमार सिंघानिया चयन भए ।


त्यस्तै सदस्यहरुमा सञ्जय पोद्दार, मुकुन्दप्रसाद थपलिया, किसनप्रसाद तिमल्सिना, कंकिश जैन, जीतेन्द्रमणि अधिकारी, दीपकप्रसाद न्यौपाने, सन्दीप सरावगी, रामेश्वर अधिकारी, मन्दिप बजिमय, हबिव शेख, ज्ञानकाजी महर्जन र लोकनाथ सिग्देल रहेको संघले जनाएको छ । सो कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।


नवनिर्वाचित अध्यक्ष बजगार्इंले ब्याग उद्योगमा देखिएका समस्या समाधान गरी आन्तरिक उद्योग प्रवद्र्धनमा समन्वयका साथ अघि बढ्ने बताउनुभयो ।


स्थानीय ब्याग उद्योगलाई व्यवस्थित गर्न तथा बाहिरबाट आयात हुने कच्चापदार्थलाई सहजीकरण गर्न संघले विशेष पहल गर्ने सचिव निरोजप्रसाद ढुंगानाले जानकारी दिए ।


संघमा करिब २०० उद्योगी आवद्ध छन् ।


प्रकाशित : चैत्र २४, २०७४ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?