प्रदेश २
चैत्र २५, २०७४

आईसीपीमा पहिलो दिनै ४ करोड राजस्व

भारतीय सहयोगमा वीरगन्जमा निर्मित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) स्थित भन्सार कार्यालयले उद्घाटनकै दिन ४ करोड ४ लाख  राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयबाटै सञ्चालित आईसीपीले पहिलो दिन इन्धन आयात तथा जुत्ता र म्याट निर्यातबाट यति धेरै राजस्व उठाएको हो । 

जनकपुरको सहरी क्षेत्रमा अब एउटै शैलीका घर !

धार्मिक नगरी जनकपुरको सहरी क्षेत्रमा एउटै रंग र डिजाइनका घर निर्माण गर्न उप–महानगरपालिका कार्यालयले प्रस्ताव गरेको छ । उप–महानगरले घरका डिजाइनसमेत सार्वजनिक गरेको छ ।

प्रचण्डसँग अनुहार मिल्दा ...

दुरुस्तै अनुहार र शरीरिक बनोट हुबहु मिल्दा दैनिकजसो पाइने प्रतिक्रियाले धेरै जना भित्रभित्रै मख्ख पर्छन् । नायक नायिका, नेता, प्रधानमन्त्री, राष्ट्रपतिसँग अनुहार मिलेको प्रतिक्रिया पाउँदा को खुसी नहोला र ।

ADVERTISEMENT

वर्षाअघि ग्राभेल गरिसक्न निर्देशन

सामान्य वर्षामै हिलाम्मे बनेको जलेश्वर–जनकपुर सडकका दर्जनभन्दा बढी स्थानमा दह जमेका छन् । सडक खुले पनि हिलेकै कारण यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । धनुषा र महोत्तरीलाई भारतसँग जोड्ने उक्त सडक कतै ४ र कतै ६ लेनको बनाइँदै छ ।

वडामा ‘गुडिया’ सुरक्षा योजना

करैयामाई गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले बालिकाको सुरक्षाका लागि विशेष योजना अघि सारेको छ । ‘गुडिया’ सुरक्षा योजना नाम दिइएको यो अभियान वडाका सबैजसो गाउँमा लागू गरिएको छ ।

चैत्र २४, २०७४
ADVERTISEMENT

जातीय समारोहको प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका भाइ 

वैश्य समुदायबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुको स्वागत तथा सम्मानमा नेपाल वैश्य युवा संघले शनिबार यहाँ आयोजना गरेको समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदी प्रमुख अतिथीको रुपमा सहभागी भए ।