१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जिप दुर्घटनामा चालकको मृत्यु 

शिव पुरी

रौतहट — रौतहटको गरुडाबाट गौर जाँदै गरेको भारतीय जिप शिवनगर गौर खण्डको भेडियाहीमा सोमबार सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते छन् । 

जिप दुर्घटनामा चालकको मृत्यु 

बिआर ३० इ ०३३५ नम्बरको स्करपियो गाडीको टायर पन्चर हुदाँ अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले बताए ।

दुर्घटनामा जिप चालक गढीमाई नगरपालिकाका–७ का ३५ वर्षीय सन्तोषकुमार पालको घटनास्थमै मृत्यु भएको छ । घाइते २ जनालाई थप उपचारका लागि बिरगञ्ज पठाएको प्रहरी निरीक्षक थापाले बताए ।

प्रकाशित : वैशाख ३, २०७५ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?