कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भन्सारले राजस्व असुली बढायो

भारतमा रेल्वे लिक तथा मार्ग सुचारु भएर मालवाहक रेलको आवागमन हुँदा मासिक राजस्व असुली लक्ष्य भेटाउन सहज

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सारले चैतमा लक्ष्यअनुसारको राजस्व असुली गरेको छ । फागुनमा भने भन्सार कार्यालयको राजस्व असुली लक्ष्यभन्दा कम उठेको थियो ।

भन्सारले राजस्व असुली बढायो

भन्सार कार्यालयका निमित्त प्रमुख धनबहादुर बरुवालका अनुसार चैत महिनामा कार्यालयले २ अर्ब ५८ करोड ८७ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

जुन लक्ष्यको करिब २ प्रतिशतले बढी हो । यस महिनामा २ अर्ब ५४ करोड ६४ लाख ८४ हजार रुपैयाँ संकलनको लक्ष्य थियो ।

चालु आर्थिक वर्षको चैत महिनाको अवधिसम्ममा भने भन्सार कार्यालयले वार्षिक राजस्व असुली लक्ष्य भेटाउन सकेन । आवको ९ महिनासम्ममा २० अर्ब ३७ करोड १८ लाख ६४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १९ अर्ब ३३ करोड ९ लाख ३४ हजार रुपैयाँ मात्र संकलन गरेको छ । जुन लक्ष्यको ९४ दशमलव ८७ प्रतिशत हो ।

यस वर्षको वर्षायाममा बाढीका कारण भारतमा ठाउँठाउँमा रेल्वे लिक अवरुद्ध हुँदा कोलकाता तथा विशाखापटमन बन्दरगाहबाट आउने कन्टेनरको आवागमन प्रभावित भएपछि यो भन्सारले साउन, भदौ र असोज महिनामा मासिक राजस्व असुली लक्ष्य भेटाउन सकेको थिएन । त्यति बेलैदेखि वार्षिक राजस्व असुली लक्ष्य प्रभावित भएको बरुवालले बताए ।

भारतमा रेल्वे लिक तथा मार्ग सुचारु भएर मालवाहक रेलको आवागमन सहज हुँदा पुस र माघ महिनामा भने पुन: मासिक राजस्व असुली लक्ष्य भेटाएको थियो ।

झन्डै डेढ दशकदेखि सञ्चालनमा रहेको यो बन्दरगाह हँुदै बढी आयात हुने वस्तुमा डन्डी उद्योगका फलामे कच्चा पदार्थ, मदिरा, सवारीसाधन, गेडागुडी, दाना उद्योगका कच्चा पदार्थ तथा अन्य औद्योगिक कच्चा पदार्थ हुन् । डन्डी उद्योगको कच्चा पदार्थ भारतबाट आयात हुन्छ भने मदिरा, सवारी साधन, गेडागुडी, दाना उद्योगका कच्चा पदार्थ भने तेस्रो मुलुकबाट आयात हुन्छ ।

प्रकाशित : वैशाख ४, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?