हात्तीको आक्रमणबाट महिलाको मृत्यु

अवधेशकुमार झा

राजविराज — कोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट मंगलबार बिहान सप्तरीमा एक महिलाको मृत्यु भएको छ । 

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलिया लखनपटीकी ४५ वर्षीया दुर्गीदेवी यादवको हात्तीको आक्रमणबाट मृत्यु भएको सप्तरी प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले बताए ।


बिहान करिब ३ बजे आरक्ष क्षेत्रबाट आएको हात्तीले आफ्नै घरमा सुतिरहेका बेला घर भत्काएर यादवमाथि आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हात्ती आक्रमणबाट उनको घर पुर्ण रुपले क्षतिग्रस्त भएको छ ।


हात्ती आक्रमणवाट मृत्यु भएकी दुर्गीदेबीको परिवारलाई तत्काल ५० हजार रुपैया दिइने आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । हात्तीको आक्रमणबाट पछिल्लो ६ वर्षमा सप्तरी, सुनसरी र उदयपुरमा १७ जनाको मृत्यु भएको छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?