कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चार दिनदेखि विद्युत् समस्या

विद्युत् नियमित नहुँदा गर्मीमा सर्वसाधारणलाई समस्या भएको छ भने सरकारी कार्यालयमा पनि कामकाजमा अवरोध भएको छ

राजविराज — पछिल्लो चार दिनयता सप्तरी जिल्लामा विद्युत् अनियमित भएको छ । गत शुक्रबार साँझबाट जिल्लामा घण्टौंसम्म विद्युत् नआउँदा समस्या उत्पन्न भएको छ ।

चार दिनदेखि विद्युत् समस्या

गत शुक्रबार साँझ विद्युत् कटेपछि भोलिपल्ट बिहान ९ बजे मात्र आएको थियो । आएको केही बेरमै फेरि काटिएको विद्युत् आउँदै जाँदै गरेपछि सरकारी कार्यालयदेखि सर्वसाधारणका घरसम्म समस्या भएको हो । नेपाल विद्युत् प्राधिकरण राजविराजमा रहेको पावर ट्रान्सफर्मर बिग्रिएका कारण विद्युत् नियमित हुन नसकेको प्राधिकरण प्रमुख चन्द्रनारायण साहले जानकारी दिए । उनका अनुसार राजविराज वितरण केन्द्रमा ८ एमबीएको २ वटा पावर ट्रान्सफर्मर रहेकोमा एउटाको इन्सुलेटर शुक्रबार राति फुटेका कारण विद्युत् सेवा नियमित हुन नसकेको हो ।

२ वटा पावर ट्रान्सफर्मरमध्ये एउटाले सदरमुकाम राजविराजको बजार क्षेत्र र अर्कोले जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत् प्रवाह हुँदै आएको छ । इन्सुलेटर फुटेर बिग्रिएको ट्रान्सफर्मरबाट बजार क्षेत्रमा विद्युत् प्रवाह हुँदै आएको थियो । ‘एउटा बिग्रेपछि अहिले बाँकी रहेको एउटाले नै बजार र ग्रामीण क्षेत्रमा आलोपालो विद्युत् प्रवाह गर्नुपर्ने अवस्था हुँदा विद्युत् सेवा नियमित हुन नसकेको प्राधिकरण प्रमुख साहले जनाए ।

शुक्रबार राति बिग्रएको ट्रान्सफर्मर बनाएर पुन: सञ्चालनमा ल्याउने प्रयास गरेपछि लोड थाम्न नसक्दा कटैया प्रसारण केन्द्रबाट राजविराज ल्याइएको ३३ केभी लाइनको तार कोसी ब्यारेजमा चुँडिएको थियो । उक्त तार पुन: जडान गरी परीक्षण गर्दा ट्रान्सफर्मरले लोड थाम्न नसकेपछि उक्त बिग्रिएको ट्रान्सफर्मर बनाउनका लागि विज्ञलाई मगाइएको प्राधिकरण प्रमुख साहले जानकारी दिए ।

‘ट्रान्सफर्मर बनाउन विज्ञ मगाएका छौं,’ प्राधिकरण प्रमुख साहले भने, ‘मंगलबारसम्म विज्ञ आएर बनाउने छन् ।’ उनले बिग्रिएको ट्रान्सफर्मर बन्न नसके नयाँका लागि पनि माथिल्लो निकायसित छलफल भइरहेको जानकारी दिए ।

विद्युत् नियमित नहुँदा गर्मीमा सर्वसाधारणलाई समस्या भएको छ भने सरकारी कार्यालयमा पनि कामकाजमा अवरोध भएको छ । विद्युत् नहुँदा स्थानीय स्तराबट निस्कने पत्रपत्रिका समेत प्रभावित भएको छ ।

यस्तै धान, गहुँ, तोरी पेल्ने मिलहविद्युत बन्द भएका छन् । ‘सक्दो चाँडो समस्या समाधान गर्न लागिपरेका छौं,’ प्राधिकरण प्रमुख साहले भने, ‘अहिले एउटा रहेको ट्रान्सफर्मरबाटै बजार र ग्रामीण क्षेत्र दुबैतिर आलोपालो गरी विद्युत् सेवा दिनु परिरहेको छ ।

प्रकाशित : वैशाख ११, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?