कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

मोदीलाई जनकपुरमा अभिनन्दन गर्ने तयारी

धनुषा — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा अभिनन्दन गर्न प्रदेश सरकारले तयारी थालेको छ । प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको तयारीकालागि प्रदेश सरकार विभिन्न समिति बनाएर तयारी थालेको बताएका छन् । 

मोदीलाई जनकपुरमा अभिनन्दन गर्ने तयारी

मोदीको भ्रमण भव्यताका साथ सफल बनाउन जनकपुरको सरसफाइ, सुरक्षा, मञ्च व्यवस्थापनका लागि बैठक बसेको राउतले बताए । मुख्यमन्त्री राउतले मोदीको भ्रमणका लागि जनकपुरमा गरिने तयारी बारे प्रदेशका मन्त्री, सुरक्षा निकाय, जनकपुर उप–महानगरपालिका मेयर लगायतका सरोकारवालाहरुसँग छलफल गरेका छन् ।


'जनकपुरको बाह्र बिग्हामा भारतीय प्रधानमन्त्रीलाई अभिनन्दन गर्ने कार्यक्रम छ', तयारी बारे जानकारी गराउदै मुख्यमन्त्री राउतले भने,‘मोदीको जनकपुर भ्रमणमा प्रदेश २ का नागरिकलाई सहभागि गराएर सम्मान गर्न हामी विभिन्न समिति र उप समिति बनाएर अगाडि बढने निर्णय गरेका छौ ।’


जनकपुर भ्रमणको क्रममा मोदीले जानकी मन्दिरमा पद दर्शन तथा पुजापाठ र नागरिक अभिनन्दनका लागि प्रदेश सरकारले तयारी थालेको हो । जनकपुरको आकर्षण बढाउन बैठकबाट सबै पक्षले आ–आफनो पक्षबाट भुमिका निर्वाह गरी मोदीको भ्रमण सफल बनाउने निर्णय भएको राउतले जानकारी गराए ।

प्रकाशित : वैशाख ११, २०७५ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?