२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

धूलोले सास्ती

पवन यादव

निजगढ — ठेकेदारको लापरबाहीका कारण निर्माणाधीन कलैया–वीरगन्ज सडक खण्डमा साना तथा ठूला सवारी साधनले उडाएको धूलोले दिउँसै अँध्यारो हुने गरेको छ ।

धूलोले सास्ती

सडकमा नियमित पानी नहालिँदा सवारी साधनले उडाएको धूलोले पैदल यात्री, साइकल तथा मोटरसाइकलमा यात्रा गर्नेले सास्ती खेप्नुपरेको छ । सडकमा उडेको धूलोले सास फेर्न गाह्रो पर्ने गरेको कलैया उपमहानगरपालिका १६ का ओमप्रकाश यादवले बताए ।


‘धूलो श्वास लिन गाह्रो हुन्छ, दम फुल्ने गर्छ, पूरै शरीर मैलो हुन्छ,’ उनले आफूले भोगेको अनुभव सुनाउँदै भने, ‘धेरै मानिस धूलोकै कारण बिरामी पर्ने गरेका छन् ।’ बिरामी जचाउन वीरगन्ज जाँदा धूलोकै कारण झन रोग बढने गरेको उनले बताए ।


सडकमा निर्माणका क्रममा बिछयाइएको माटोमा ठेकेदारले पानी नहाल्दा सर्वसाधारण धूलेले सास्ती खेप्नुपरेको उनले गुनासो गरे । धूलोमय बनेको सडकमा सवारी साधन आवतजावत गर्न नसकिने अवस्थामा पुगेको बारा बस व्यवसायी संघका अध्यक्ष अशोक पौडेलको भनाइ छ ।


अगाडि गइरहेको सवारी साधनले उडाएको धूलोले पछाडि रहेको सवारी चालकलाई बाटो देख्न समेत समस्या आइरहेकाले दिनहँुजसो दुर्घटना हुने गरेको पौडेलले जनाए । ‘मानमत–मटिअर्वा हुलाकी सडक र वीरगन्ज–पथलैयाको ६ लेनको व्यापारिक मार्ग निर्माण भइरहेका छन् । पौडेलले भने, ‘कलैया–वीरगन्ज सडकमा मोटरसाइकल र साइकलले हिँडदा धूलोले आफंैलाई चिन्न नसकिने अवस्था हुने गरेको छ ।’ सडकमा धूलो उडन नदिनका लागि पानी हाल्न व्यवस्था मिलाइदिन हुलाकी राजमार्ग आयोजना वीरगन्जका प्रमुख अनुठालाल पटेल र स्थानीय प्रहरी प्रशासनलाई पटकपटक भन्दा पनि सुनुवाइ नभएको यातायात व्यवसायीको गुनासो छ ।


हुलाकी राजमार्ग आयोजनाका प्रमुख अनुठालाल पटेलले ठेक्का सकार गरेको ठेकेदार प्रतिनिधिसभा सदस्य रहेकाले उनलाई कारबाही गर्ने मेरो अधिकार नरहेको भन्दै पन्छिने गरेको व्यवसायीले बताए ।


वीरगन्ज उपमहानगरपालिकाको लक्षमनवा टोल कलैया बजार हँुदै महागढीमाई नगरपालिकाको बरियापुरसम्म २० किलोमिटर सम्मको हुलाकी राजमार्ग निर्माण गर्न सोच्छन्द/पप्पु/हिम सगरमाथा जेभीले ८५ करोड ८५ लाखमा ठेक्का सकारेको हुलाकी राजमार्ग आयोजनाका अधिकारीले बताएका छन् ।


पप्पु कन्स्ट्रक्सन निर्माण कम्पनीका सञ्चालक हरिप्रसाद रौनियार अहिले संघीय समाजवादी फोरम नेपाल पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य समेत हुन् । हुलाकी राजमार्ग आयोजना वीरगन्जका प्रमुख अनुठालाल पटेलले बरियारपुर–कलैया–वीरगन्ज हुलाकी राजमार्गका ठेकेदारले सुरुमा सडक निर्माणका क्रममा अपनाउनुपर्ने सर्तहरू नअपनाएको बताएका छन् । ठेकेदार कम्पनीलाई सडक निर्माणसम्बन्धी जानकारी दिन ठाउँठाउँमा राख्ने होर्डिङ बोर्ड राख्नभन्दा नराखिएको र खसाइएको माटोमा पानी हाल्नसमेत आनाकानी गरेको निर्माण कम्पनीलाई थप कारबाही गर्न विभागमा लिखित जानकारी गराउन तयारी गरिएको हुलाकी सडक आयोजनाले जनायो ।


बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले निर्माणाधीन रहेको कलैया–वीरगन्ज सडकमा पानी नहाल्दा उडेको धूलोलाई नियन्त्रण गर्न दिनहुँ स्थानीय जनताबाट गुनासो आइरहेको बताए । प्रतिनिधिसभा सदस्य तथा पप्पु निर्माण कम्पनीका सञ्चालक हरिप्रसाद रौनियारले वीरगन्ज–कलैया–बरियारपुर हुलाकी सडकमा धूलो हुन नदिनका लागि आफना मान्छेलाई सडकमा पानी हाल्न निर्देशन दिएको बताए । अहिले गर्मी समय आएकाले सडकमा हाल्ने गरिएको पानी छिटै सुख्ने गरेको तर्क ठेकेदार पक्षको छ । निर्माण भइरहेको सडक खण्डको २० किलो मिटरमध्ये कलैया उपमहानगरपालिका भित्रमा १२ किलोमिटर जति पर्ने गरेको आयोजनाका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : वैशाख १२, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?