कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुरक्षा दस्तासहित भारतीय जहाज

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भ्रमणको तयारीबारे स्थलगत निरीक्षण गर्न सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चढेको नेपाली सेनाको हेलिकोप्टर जनकपुर हवाई अडडामा अवतरण गरेकै समयमा भारतीय एयरफोर्सको विमान पनि आएको थियो ।

सुरक्षा दस्तासहित भारतीय जहाज

एयरफोर्सको उक्त विमान भारतीय सुरक्षाकर्मी तथा उनीहरूको बन्दोबस्तीको सामान बोकेर यहाँ आएको हो । विमानस्थल स्रोतका अनुसार उक्त विमान भारतको नयाँदिल्लीबाट सीधा जनकपुरमा अवतरण गरेको हो ।

हवाई अडडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते पटनाबाट जनकपुर आउने तथा उनलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने जानकारी दिए । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध अझ प्रगाढ हुने उनले विश्वास व्यक्त गरे । मोदीको अगामी शुक्रबार हुन लागेको नेपाल भ्रमण ‘फलदायी’ हुने आशा कांग्रेसका उपसभापति विमेलेन्द्र निधिले गरे । निधी निजी काममा जनकपुर आएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भ्रमणको तयारी र सुरक्षा बन्दोबस्त बुझ्न आउने भीआईपीको सुरक्षाका लागि सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई भने सास्ती भइरहेको छ । मोदीको भ्रमण तालिका सार्वजनिक भएयता गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतको आगमन भइसकेको छ ।

प्रकाशित : वैशाख २५, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?