कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानीमा डुबेर दुई बालिकाको मृत्यु

शिव पुरी

रौतहट — रौतहटको राजपुर नगरपालिकामा पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ ।

पानीमा डुबेर दुई बालिकाको मृत्यु

राजपुर–६ का कुडिया टोलकी ७ वर्षीया अनिजा खातुन र ६ वर्षीया सुनैया खातुनको डुबेर मृत्यु भएको हो । गाउँ नजिकको खोलामा नुहाउने क्रममा डुबेर दुबैको ज्यान गएको थियो ।

अनिजा र सुनैया सोमबार दिउँसो घरबाट साथीसँग खोलामा नुहाउन गएका थिए । बालिका बेलुकीसम्म घर नआएपछि अभिभावकले खोजी गरेका थिए । आफन्त र स्थानीयले खोजतलासको क्रममा खोलामा डुबेको अवस्थामा राती दुवैको शव भेटिएको हो ।


मृतक बालिकाको शव पोष्टमार्टमको लागि मंगलबार जिल्ला अस्पताल गौर ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २५, २०७५ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?