१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
प्रदेश २

Pradesh-2

नदीले धार बदलेपछि पुल अलपत्र

वाग्मती नदीले धार परिवर्तन गरेपछि निर्माणाधीन रहेको रौतहट–सर्लाही सीमास्थित बडहर्वा पुलको काम अलपत्र परेको छ । झन्डै ३ वर्षदेखि पुलको निर्माण रोकिएको छ ।ठेकेदारले पुल निर्माणका क्रममा जग खन्दा निस्कने माटो व्यवस्थापन नगर्दा साबिकभन्दा पूर्वबाट खोला बग्न थालेपछि हुलाकी आयोजना निर्देशनालयले काम रोकेको हो ।

नदीले धार बदलेपछि पुल अलपत्र

उपाध्यक्षसहित ५ जनालाई मुद्दा

इलाका प्रहरी कार्यालय सेढवामा सोमबार बिहान आक्रमण गरेको आरोपमा पक्राउ परेकी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा थारू सहित ४ भारतीयलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

उपाध्यक्षसहित ५ जनालाई मुद्दा

भारतीय प्रधानमन्त्रीको अभिनन्दनः सप्तरीबाट १० हजार सहभागी हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा सप्तरी जिल्लाबाट १० हजार जनता सहभागी हुने भएका छन् ।

भारतीय प्रधानमन्त्रीको अभिनन्दनः सप्तरीबाट १० हजार सहभागी हुने

निजी छोडेर सामुदायिकमा पढ्ने बढे

नाम चलेको एक निजी विद्यालयको पढाइ छोडेर प्रियांशु रौनियार यस वर्ष वीरगन्जकै सामुदायिक विद्यालय माइस्थान विद्यापीठको कक्षा ८ मा भर्ना भइन् । आफू पढन थालेको विद्यालयको पढाइबाट उनी सन्तुष्ट पनि छन् ।

निजी छोडेर सामुदायिकमा पढ्ने बढे

‘आरकेस्ट्रा’ र ‘डिजे’ बन्द गराउँदै जनप्रतिनिधि

मधेसको गाउँ–सहरमा बढ्दो डीजे बाजा, आरकेस्ट्रा र अश्लील भोजपुरी गीतमाथि निगरानी बढाइएको छ । बिहेबारधीको सिजनमा मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रममार्फत बजाइने डीजे बाजा र अश्लील गीत तथा नचाइने आरकेस्ट्राले सामाजिक विकृति बढेपछि रोक लगाउन थालिएको हो ।

‘आरकेस्ट्रा’ र ‘डिजे’ बन्द गराउँदै जनप्रतिनिधि
वैशाख २५, २०७५

नक्कली नागरिकता प्रकरण: अग्रवाल कारागार चलान

झुठो विवरण पेश गरेर नेपाली नागरिकता र किर्ते प्रतिलिपी लिएको आरोपमा भारतीय ब्यापारी सतिश अग्रवाल कारागार चलान भएका छन् ।

नक्कली नागरिकता प्रकरण: अग्रवाल कारागार चलान

उपकरणले कृषकलाई सजिलो

कृषि मजदुर अभाव र परम्परागत हलोगोरुबाट खेतीपाती गर्दै आएका सिरहाका किसानले वैकल्पिक प्रविधिको साधन कृषियन्त्र उपकरण सुरु गरेका छन् । खेतबारी जोताउन पावर टिलर (हाते ट्रयाक्टर), धान रोपाइँ मेसिनदेखि फसल भित्र्याउनसमेत कृषि उपकरण प्रयोगले खेतीपातीका लागि किसानलाई सहज भएको हो ।

उपकरणले कृषकलाई सजिलो

सुरक्षा दस्तासहित भारतीय जहाज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भ्रमणको तयारीबारे स्थलगत निरीक्षण गर्न सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चढेको नेपाली सेनाको हेलिकोप्टर जनकपुर हवाई अडडामा अवतरण गरेकै समयमा भारतीय एयरफोर्सको विमान पनि आएको थियो ।

सुरक्षा दस्तासहित भारतीय जहाज

लागूऔषध ढुवानीमा नयाँ तरिका

लागूऔषध ओसार–पसार रोकथामलाई सुरक्षा निकायले उच्च प्राथमिकता दिए पनि व्यापारीले आँखा छल्ने उपाय निकाल्दै कारोबारलाई जारी राखेका छन् । ठूलो परिमाणमा गाँजा बरामद हुँदा नोक्सान बढी हुने भएपछि व्यापारीले कम घाटा हुने उपाय अपनाउन थालेका छन् ।

लागूऔषध ढुवानीमा नयाँ तरिका