कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शंकराचार्य वीरगन्ज आउने

छोटकरी

पर्सा — जगतगुरु शंकराचार्य श्री १००८ निश्चलानन्द सरस्वती महाराज वीरगन्ज आउने भएका छन् । स्वागत मूल समितिले मंगलबार पत्रकार सम्मेलन गरी शंकराचार्यको आगमनको जानकारी गराएको हो 

शंकराचार्य वीरगन्ज आउने

समितिका अध्यक्ष अशोक वैद्यले जगतगुरु जेठ ६ गते वीरगन्ज आउने बताए । शंकराचार्यले जेठ ६ गते गहवा माई मन्दिर, अलखिया मठ, महाबीर मन्दिरमा विशेष पूजापाठ गर्ने छन् ।

उनको शोभा यात्रासहित नगर परिक्रमा गराउने कार्यक्रम रहेको उनले बताए । उनका अनुसार जेठ ७ गते आदर्श नगर रंगशालामा हिन्दु धर्म जागरण सभा एवं उनको नागरिक अभिनन्दन
गरिने छ । जेठ ८ गते उनको विशेष बिदाई समारोह रहेको छ ।

प्रकाशित : जेष्ठ २, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?