कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आगलागीमा २ घर नष्ट 

पवन यादव

निजगढ — बाराको महागढीमाई नगरपालिका–१ सिमरातेगछिया टोलमा बिहीबार बिहान भएको अगलागीमा २ वटा घर जलेर नष्ट भएका छन् ।

आगलागीमा २ घर नष्ट 

लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर भएको आगलागीमा परी स्थानीय जोखु गिरी र रामनवास गिरीको घरसंगै लताकपडा, भाँडाकुँडा, अन्नपात जलेर नष्ट भएका छन् । उनीहरुका ३ चौपाया पनि जलेर मरेका छन् ।


आगलागीबाट दुवै जनाको ६ लाख बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


जोखुको घरगोठबाट सुरु भएको आगो स्थानीय बासिन्दा, दमकल र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । समयमा दमकल पुग्न नसक्दा क्षति बढेको स्थानीयले आरोप लगाएका छन् । आगलागीपछि घरवारवीहिन बनेका दुवै परिवार बिच्चलीमा परेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७५ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?