कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बालश्रम न्यूनीकरणमा साझा प्रयास

पर्सा — वीरगन्ज महानगरभित्र बाल श्रम न्यून गर्न सरोकारवाला सबैले साझा प्रयास आवश्यक रहेको औंल्याइएका छन् ।

बालश्रम न्यूनीकरणमा साझा प्रयास

युनिसेफको सहयोग, सिविसको सहकार्यमा महानगरपालिकाको कार्यालयले शुक्रबार आयोजना गरेको बालश्रम तथा बालसंरक्षणसम्बन्धी कार्यक्रमको छलफल तथा समीक्षा कार्यक्रममा वक्ताहरूले बालश्रम साझा समस्या भएको बताए ।

वीरगन्ज महानगरकी कार्यवाहक मेयर शान्ति कार्कीले महानगरमा लामो समयदेखि रहँदै आएको बालश्रमको समस्या समाधान गर्न महानगरपालिका एक्लैले नसक्ने बताइन् । ‘यो साझा समस्या हो,’ उनले भनिन्, ‘त्यसकारण सरोकारवाला सम्पूर्ण एकजुट भएर यसको समाधानको प्रयास गर्नुपर्छ, ढिलै भए पनि लक्ष्यमा आवश्य पुगिन्छ ।’

महानगरपालिकको कार्यालयका सामाजिक विकास अधिकृत मुकेश गुप्ताले भारत नजिक रहेकाले वीरगन्जमा भारतीय श्रमिक बालबालिका आउँदा बालश्रमको यकिन तथ्यांक निकाल्न समस्या भएको बताए । बालश्रमिकले सही कुरो नबोल्दा उनीहरूको ठेगाना पत्ता लगाउन अप्ठेरो हुने गरेको उनको भनाइ छ । श्रम शोषणमा परेका बालबालिकालाई उद्धारपछि कहाँ राख्ने भन्ने समस्या जिल्लामा रहेको बताउँदै उनले अभिभावकबाट पनि यो समस्या समाधानका लागि सहयोग नभएको गुनासो गरे ।

सिविसका कार्यक्रम प्रमुख श्रीकृष्ण थापाले वीरगन्ज महानगरको बालश्रमको समस्या अन्यत्रबाट आएका संघसंस्थाले समाधान गर्ने नभई सचेत वीरगन्जवासीले नै गर्ने भएकाले यसका लागि सबै सरोकारवाला सक्रिय हुनुपर्ने सुझाए ।युनिसेफका अधिकृत वृजकिशोर पटेलले महानगरमा रहेको बालश्रमको अवस्था यकिन गर्न ४० हजार घरधुरीमा गरिएको सर्वेक्षणको नतिजा सार्वजनिक गर्न महानगरपालिकाको कार्यालयले ढिलासुस्ती देखाएको गुनासो गरे । उक्त सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको भए महानगरमा रहेको बालश्रमको समस्या लगायत अन्य आवश्यक जानकारी पनि आउने भएकाले यस क्षेत्रमा काम गर्न सहज हुने उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?