कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भत्ताको खाता खोल्न वृद्धवृद्धालाई सास्ती

बैंकले खाता खोल्न वडास्तरमै कर्मचारी पठाएको, त्यहाँ नखोलेका मात्र सदरमुकाम
अवधेशकुमार झा

राजविराज — सेन्चुरी बैंकमा बिहान १० बजेदेखि नै नगरपालिकाको ग्रामीण वडाका वृद्धवृद्धाहरू खाता खोल्न लाइनमा थिए ।

भत्ताको खाता खोल्न वृद्धवृद्धालाई सास्ती

खाता खोल्न आउनेको संख्या अत्यधिक हुँदा आइतबार र सोमबार बैंकको भर्‍याङदेखि मूलगेटसम्मै वृद्धवृद्धा लाइनमा थिए । राजविराज नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैकिङ प्रक्रियाबाट नै भुक्तानी दिने प्रावधान लागू गरेपछि टन्टलापुर घाममा वृद्धवृद्धाहरू सदरमुका आई बैंकमा सास्ती बेर्होनु परेको हो ।

वडा नम्बर १४ का वृद्ध शिवनारायण रामले भने, ‘बिहानै घरबाट आएको, यहाँ कति बेला काम हुन्छ थाहा छैन, यो गर्मीमा हाम्रो विजोग हुने भो ।’

नगरपालिकाले विभिन्न बैंकमा खाता खोल्ने व्यवस्था मिलाएको छ । सेन्चुरी बैंकका राजविराज शाखा प्रबन्धक ब्रजमोहन झाले सामाजिक सुरक्षा भत्ताको खाता खोल्न वडास्तरमै कर्मचारी गए पनि त्यहाँ खाता नखोलेका मात्र सदरमुकाम आउनुपरेको बताए ।

उनले वृद्धवृद्धाहरूको सहजताका लागि गाउँस्तरमै कर्मचारी गएर खाता खोल्ने काम गरे पनि धेरै वृद्धवृद्धा नआएपछि कर्मचारी फर्किएको बताए । एकैपटक धेरै संख्यामा वृद्धवृद्धाहरू आएकाले भीड भएको स्वीकार्दै उनीहरूको सहजताका लागि बैंकले हरसम्भव प्रयास गरेको उनले बताए । ‘हामीले टोकन बाँडेर पालैपालो सबैलाई सहजताका साथ खाता खोल्ने व्यवस्था मिलाएका छौं,’ प्रबन्धक झाले भने ।

राजविराज नगरपालिकाकी उपमेयर साधना झाले सामाजिक सुरक्षा भत्ता पाउनेको रकम दुरुपयोग नहोस भन्ने उद्देश्यका साथ बैकिङ प्रणालीबाट भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको बताइन् ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?