२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

माछा मर्न थाले

जनकपुर — गाउँभन्दा उत्तर रेल्वे लिकसँग टाँसिएकै गणपति पोखरीमा सयौं महिला, पुरुष, बालबालिका तथा वृद्धवृद्धा माछा मार्दै थिए । कोही झूल बोकेका, कोही प्लास्टिकका भाडा त केहीले लाठी बर्जादै थिए । पोखरीको डिलमा उभिएका उनीहरूका आफ्न्तले माछा संकलन गर्दै थिए । गजवको माहोल थियो ।

माछा मर्न थाले

सिकारीले सिकार फेला पारेपछिको प्रशन्नता सबैको मुहारमा देखिन्थ्यो । सूर्योदयसँगै
पोखरीका माछा सतहमा आएर भटाभट मर्न थालेपछि स्थानीय माछा मार्न पोखरीमा पसेका थिए ।

आक्सिजनको कमी हुँदा पोखरीको स्तहमा आएका माछा मार्न मंगलबार जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरको पोखरीमा सर्वसधारणको ताँती लागेको हो । स्थानीय मिश्री पंजियारले भने, ‘यो पोखरी सार्वजनिक हो । सबैले माछा मार्न पाउँछन् । माछा आफै मर्न थालेपछि सर्वसाधारणले संकलन गरेका हुन् ।’ गर्मीको आगमनसँगै पोखरीको माछा पानीको सतहमा आउनु र पछि मर्नु अनौठो होइन । यसरी माछा सतहमा आउनुलाई मैथिलीमा ‘उजाहि उठब’ भनिन्छ । सात वर्षअघि जनकपुरको गंगासागर र धनुषसागरमा पनि यस्तै अवस्था आएको थियो । जसमा सयौं क्विन्टल माछा लुटिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका प्रमुख यादवले गर्मी तथा आकाशमा वादल लागेका बेला पोखरीमा उजाहि उठनुलाई अनौठौ मान्दैनन् । उनले भने, ‘अवैज्ञानिक माछापालन पद्दतिले माछा मर्न सक्छन् ।’

पोखरीको क्षेत्रफलको अनुपातमा माछाको भुरा धेरै राख्नु, पोखरीमा भएको माछाको अनुपातमा कम वा अधिक दाना हाल्नु अनि पोखरीमा अक्सिजनको आभव हुनु उजाहिको प्रमुख कारण भएको यादवको भनाई छ । यादव पोखरीमा उजाहि उठनुलाई ‘डिफिसिएन्सी अफ अक्सिजन’ अर्थात् अक्सिजनको कमि बताउँछन् ।
‘पोखरीमा अक्सिजनको आभव भएपछि माछा अक्सिजनको खोजीमा माथि आउँछ । माथि पनि अक्सिजन प्राप्त गर्न नसके पछि मर्छ । माछा सतहमा आएको देखेर सर्वसाधारण माछा मार्न थाल्छन्,’ यादवले भने ।

तर पोखरीको पानी फेरेर, माछा झिकेर तथा पानीको गति बढाएर अक्सिजनको कमिबाट माछा मर्ने वा सतहमा आउने क्रमलाई रोक्न सकिने यादवले बताए ।
धनुषा माछामा आत्मनिर्भर ‘माछा सुपर जोन’ घोषणा भइसकेको धनुषा माछा उत्पादनमा आत्मनिर्भर भएको कृषि विकास कार्यालय धनुषाको तथ्यांकले देखाउँछ ।
कृषि विकास कार्यालय धनुषाको तथ्यांक अनुसार जिल्लामा १ हजार ९ सय ८७ हेक्टरमा माछा खेती हुन्छ । प्रतिहेक्टर ४ दशमलव ७५ मेट्रिक टनको हिसावले जिल्लामा वार्षिक कुल ९ हजार ४ सय ३८ मेट्रिक टन माछा उत्पाद हुन्छ । धनुषाको जनसंख्या ७ लाख २५ हजार छ । माछाविज्ञ यादवका अनुसार एक जनालाई न्युनतम वार्षिक १२ किलो माछाको आवश्यकता हुन्छ । धनुषामा वार्षिक प्रतिव्यक्ति १३ किलो माछा उपलब्ध हुने गरेको उनले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?