कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बलात्कारको भिडियो सार्वजनिक भएपछि...

छोटकरी

धनुषा — महोत्तरीको भंगहा गाउँपालिका राजपुरकी १४ वर्षीया किशोरीलाई धनुषाको बटेश्वरमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बलात्कारको भिडियो सार्वजनिक भएपछि...

सामूहिक बलात्कार गरी भिडियो बनाएर सार्वजनिक गरेपछि पीडित पक्षको उजुरीका आधारमा आरोपितमध्येका एक जना पक्राउ परेका हुन् । पीडित पक्षका अनुसार वैशाख १० गते महोत्तरी भंगहा नगरपालिका–५ राजपुरमा भएको विवाह हेर्न किशोरी आएकी थिइन् ।

स्वयम्बरको समयमा विवाद भएपछि भाग्ने क्रममा एक्लै परेकी किशोरीलाई ४/५ जनाको समूहमा रहेका युवाहरूले जबरजस्ती मोटरसाइकलमा राखेर धनुषाको बटेश्वरमा ल्याएर बलात्कार गरी भिडियो बनाएका थिए । पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले महोत्तरीे भंगहा नगरपालिका–५ का ३० वर्षीय किसुन महतोलाई शुक्रबार पक्राउ गरेको प्रहरी निरीक्षक नरेश सिंहले बताए ।

आरोपितहरूले बालात्कारबारे घरपरिवारलाई जानकारी गराए ज्यान मार्ने धम्की दिएका थिए । शुक्रबार इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा चार जनाविरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?