१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेकपा–फोरम सहमतिले प्रदेश २ को सरकारमाथि प्रश्नचिह्न : राजपा महासचिव

'सहमति सत्ता स्वार्थका लागि मात्र'
अवधेशकुमार झा

राजविराज — नेपाल कम्युनिष्ट पार्टीसँग २ बुँदे सहमति गर्दै संघीय समाजवादी फोरम नेपालले सरकारमा जाने तयारी गरेपछि प्रदेश नम्बर २ मा उसको सहयात्री दल राष्ट्रिय जनता पार्टी नेपालले उक्त सहमति सत्ता स्वार्थका लागि गरिएको आरोप लगाएको छ ।

नेकपा–फोरम सहमतिले प्रदेश २ को सरकारमाथि प्रश्नचिह्न : राजपा महासचिव

राजपाका महासचिव मनिषकुमार सुमनले नेकपा र फोरमबीचको सहमतिले प्रदेश २ को सरकारमा राजपा र फोरमबीचको गठबन्धनमा प्रश्नचिह्न खडा भएको प्रतिक्रिया दिएका छन् । सुमन प्रदेश २ मा प्रदेशसभा सदस्य समेत हुन् । नेकपा र संघिय समाजवादी फोरम नेपालले सोमबार बिहान संविधान संशोधन लगायतका २ बुँदे सहमति गर्दै सरकारमा सहभागी हुने सहमति गरेको थियो ।


‘नेपाल कम्युनिष्ट पार्टीले सिंगो मधेशसित गर्नुपर्ने सम्झौता मधेशको कुनै एक मात्र पक्षसित गर्नु बेइमानी हो,’ कान्तिपुरसित टेलिफोनमा कुरा गर्दै राजपा महासचिव सुमनले भने, ‘राजपा नेपाल मधेशको एउटा पक्ष हो । यसलाई बाईपास गरेर, मिनिमाइज गरेर गरिएको कुनै पनि सम्झौताको हामी विरोध गर्छौं ।’


पछिल्लो सम्झौताले प्रदेश नम्बर २ मा रहेको राजपा र फोरमको गठबन्धनको सरकारमाथि प्रश्नचिह्न उठेको उनले बताए । आगामी २५ गते हुने राजपा नेपालको राजनीतिक समितिको बैठकले यसबारे उचित निर्णय लिने महासचिव सुमनले बताए ।


प्रकाशित : जेष्ठ १४, २०७५ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?