कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मस्जिद निर्माण गर्ने विषयलाई लिएर झडप

भरत जर्घामगर

सिरहा — मस्जिद निर्माण गर्ने विषयमा सिरहाको लहान–१८ मा दुई पक्षबीच शनिबार झडप हुँदा ८ जना घाइते भएका छन् । अधिकांश घाइतेको टाउकोमा चोट लागेको छ ।

मस्जिद निर्माण गर्ने विषयलाई लिएर झडप

इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दका अनुसार दुई पक्षबीच मस्जिद निर्माण गर्ने विषयमा शनिवार दिउँसो झडप हुँदा सिरहा लहान–१८ का ५५ वर्षीय मोहम्मद अब्दुल, उनकी बुहारी ३५ वर्षीया समीना खातुन, ५५ वर्षीया बैजहीरा खातुन, छपन मियाँ, कलामुद्धिन मियाँ, मोहम्मद किस्मत, मोहम्मद जिवछा र जयानाथ खातुन घाइते भएका हुन् ।


टाउको र हात, खुट्टामा चोट लागेका घाइते लहानस्थित राउस्मारक अस्पतालमा उपचार भइरहेको छ ।


एक पक्षले मस्जिद निर्माण सुरु गरेको र अर्को पक्षले रोक्न खोजेपछि झडप भएको डीएसपी चन्दले जानकारी दिए । दुवै पक्षबीच ढुंगा हानाहान हुँदा अवस्था तनावग्रस्त बनेको थियो । घटनाबारे अनुसन्धान भइरहेको लहान प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७५ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?