हात बाँधेर दलित अधिकार प्राप्त हुँदैन : मुख्यमन्त्री राउत

सन्तोष सिंह

जनकपुर — प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दलितको अधिकार हातमा हात बाँधेर प्राप्त नहुने बताएका छन् । 

हात बाँधेर दलित अधिकार प्राप्त हुँदैन : मुख्यमन्त्री राउत

दलितले आफनो अधिकारका लागि हात उठाएर अघि बढ्ने समय आएको छ, मुख्यमन्त्री राउतले भने,‘सदियौदेखि दलितमाथि हुँदै आएको विभेद अझै कायमै छ । प्रदेश सरकार प्रदेशलाई छुवाछुत र विभेदमुक्त बनाउन प्रतिबद्ध छ ।’ दलित अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।


राष्ट्रिय दलित नेटवर्क र दलित जनकल्याण युवा क्लबले जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय पहिलो दलित संसद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दलितको समृद्धि विना प्रदेशको समृद्धि सम्भव नभएको बताए ।


कार्यक्रममा दलित अगुवा युक्तिलाल मरिकलाई बलदेव दास मानव मर्यादा पुरस्कारले सम्मानित गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य, प्रदेशभरिका दलित अगुवाहरुको उपस्थिति रहेको थियो । महादेव साहले दलितहरुको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : जेष्ठ २३, २०७५ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?