कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश नं. २ को सरकारलाई दिएको समर्थन कायमैः राजपा

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं २ को सरकारलाई दिएको समर्थन यथावत् रहने स्पष्ट पारेको छ ।राजपा अध्यक्ष मण्डलको बिहीबार बसेको बैठकले प्रदेश नं २ को सरकारकाविरुद्ध कुनै पनि प्रकारले अनावश्यक टिप्पणी नगर्न सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिइने निर्णय गरेको छ ।

प्रदेश नं. २ को सरकारलाई दिएको समर्थन कायमैः राजपा

राजपा नेपाल सम्मिलित मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा आफ्नो पार्टीको समर्थन, सहयोग र सहभागिता निरन्तर रहने निर्णय बैठकले गरेको छ, अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, “मधेस आन्दोलनको भावना, मधेशी जनताको चाहना र जनादेशसमेतलाई ध्यानमा राखी विभिन्न उत्तारचढावबीच राजपाले प्रदेश सरकारलाई दिएको समर्थन जारी राख्दै सरकारमा सहभागी भएर अगाडि बढ्ने निर्णय गरेको छ ।”


बुधबार राजपाका महासचिव एवं प्रदेशसभा सदस्य मनिषकुमार सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी बाहिरिने अभिव्यक्ति दिएका थिए ।



प्रकाशित : जेष्ठ २४, २०७५ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?