१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्वास्थ्यका कर्मचारीले पाएनन् तलब

काठमाडौँ — अर्थ मन्त्रालयले तलब निकासा नगरेकै कारण दुई महिनादेखि यहाँका स्वास्थ्यका कर्मचारीले तलबभत्ता पाएका छैनन् । स्वास्थ्य सेवाका कर्मचारी स्थानीय तहमा समावेश भएपछि मन्त्रालयले उनीहरूको तलब जिल्लाको स्थानीय तहमा निकासा गरेको थियो ।

स्वास्थ्यका कर्मचारीले पाएनन् तलब

लहान नगरपालिकाअन्तर्गत ७६ कर्मचारीका लागि १ वर्षको तलब, महँगी, फिल्ड, पोसाक भत्ताका लागि ३ करोड ३ लाख ७७ हजार ९ सय १२ रुपैयाँ खर्च हुन्छ । तर, मन्त्रालयले ७५ लाख ४८ हजार रुपैयाँ मात्र अहिलेसम्म निकासा गरेका कारण कर्मचारीले २ महिनादेखि तलब पाउन नसकेको लेखा अधिकृत मायानाथ आचार्यले जनाए । उनका अनुसार तलब भत्ताका लागि अपुग रकम २ करोड २८ लाख २९ हजार ९ सय १२ रुपैयाँ ६० पैसा मन्त्रालयलाई पटकपटक माग गर्दा पनि सुनुवाइ भएको छैन । लहान नगरपालिकाका २४ वडाका स्वास्थ्य केन्द्र र अस्पतालमा अधिकृत स्तर (सातौं र छैठौं तह) का २०, सहायक स्तर पाँचांै तहका १७, चौथो तहका ३१ र ८ कार्यालय सहयोगी गरी ७६ कर्मचारी कार्यरत छन् ।

प्रकाशित : जेष्ठ २६, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?