प्रदेश २
जेष्ठ २७, २०७५

ट्रान्सफरमर पड्कँदा प्रदेशसभा बैठक स्थगित

प्रदेशसभा परिसरमा रहेको विद्युत् ट्रान्सफरमर पडकिएपछि सूचना टाँसेर बैठक स्थगित गरिएको छ । बैठक आइतबार २ बजेका लागि तोकिएको थियो ।

क्यान्सर अस्पताल बनाउने घोषणा

अमेरिकाको वासिङ्टनस्थित पिस हेल्थ अस्पतालका क्यान्सर तथा रक्त विशेषज्ञ डा. विनयकुमार साहले महोत्तरीको रामगोपालपुर नगरपालिकामा अत्याधुनिक क्यान्सर अस्पताल बनाउने घोषणा गरेका छन् ।

ठेकेदारको लापरबाही ‘काम लिन्छन्,गर्दैनन्’

निर्माण कम्पनीले जिल्लामा सञ्चालित विभिन्न योजनाको ठेक्का ओगटेर बसेका छन् । उनीहरूले काममा लापरबाही र ढिलासुस्ती गरिरहेका छन् । सम्झौताअनुसार काम नगरेपछि निर्माण कम्पनीहरूलाई जिल्ला प्रशासन कार्यालयले छानबिनको तयारी थालेको छ ।

जनप्रतिनिधिको दबाबले कटान रोकियो

जानकीनगर साझेदारी वनमा भइरहेको रूख काट्ने काम जनप्रतिनिधिको दबाबपछि रोकिएको छ । वन व्यवस्थापनका नाममा छानीछानी सालको रूख काटिएको भन्दै विरोध भएपछि जनप्रतिनिधि कटान क्षेत्रमा शनिबार पुगेर रोक्न लगाएका हुन् ।

शय्यामै हातखुट्टा बाँध्दा सुत्केरीको मृत्यु

शल्यक्रिया गरी पेट दुख्दा शय्याको बेडमा हातखुट्टा बाँधिएकी महिलाको मृत्यु भएको छ । जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्यकर्मीको लापरबाहीले दुईपटक शल्यक्रिया भएकी सुत्केरी महिलाको मृत्यु भएको हो ।

ADVERTISEMENT
ADVERTISEMENT

शौचालय छैन, खुला दिसामुक्त घोषणा

गरुडा नगरपालिका ४ मा रहेको दलित बस्ती पुगेका वडाध्यक्ष चुनचुन साहलाई बस्तीका चन्द्रकला ठाकुरले शौचालय बनाइदिन अनुरोध गरिन् । 

जेष्ठ २६, २०७५

मोदी भ्रमणको खर्च सार्वजनिक माग गर्दै प्रदेशसभा अवरुद्ध

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा भएको खर्च सार्वजनिकको माग गर्दै प्रदेश २ को प्रमुख प्रतिपक्षी दल कांग्रेसले शनिबार बसेको प्रदेशसभाको बैठक अबरुद्ध पारेको छ । 

अनुमतिबिनाको क्रसर उद्योग बन्द

गढीमाई नगरपालिका २, समनपुरस्थित बागमती नदीकिनारमा अनुमतिबिना सञ्चालनमा रहेको क्रसर उद्योग बन्द भएको छ ।जिल्ला प्रशासन कार्यालयले कडाइ गरेपछि उद्योग बन्द गरिएको हो ।

स्वास्थ्यका कर्मचारीले पाएनन् तलब

अर्थ मन्त्रालयले तलब निकासा नगरेकै कारण दुई महिनादेखि यहाँका स्वास्थ्यका कर्मचारीले तलबभत्ता पाएका छैनन् । स्वास्थ्य सेवाका कर्मचारी स्थानीय तहमा समावेश भएपछि मन्त्रालयले उनीहरूको तलब जिल्लाको स्थानीय तहमा निकासा गरेको थियो ।