१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

क्यान्सर अस्पताल बनाउने घोषणा

महोत्तरी — अमेरिकाको वासिङ्टनस्थित पिस हेल्थ अस्पतालका क्यान्सर तथा रक्त विशेषज्ञ डा. विनयकुमार साहले महोत्तरीको रामगोपालपुर नगरपालिकामा अत्याधुनिक क्यान्सर अस्पताल बनाउने घोषणा गरेका छन् ।

क्यान्सर अस्पताल बनाउने घोषणा

रामगोपालपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पत्रकार सम्मेलन गरी ५० करोड रुपैयामा अस्पताल निर्माण गर्ने बताए । अस्पतालका लागि उनको संस्था विनयतारा फाउन्डेसन, नेपाल सरकार, रामगोपालपुर नगरपालिका तथा अन्य संघ–संस्थाबाट सहयोग जुटाइनेछ । अस्पतालमा किमोथेरामपी, रेडियसन थेरापी, फिजिकल थेरापी, क्यान्सर रोगसँग सम्बन्धित सबै प्रकारका शल्यक्रियालगायत अत्याधुनिक सुविधा हुने डा. साहले बताए । यहाँ बनाइने अस्पताल भरतपुर र धरानभन्दा पनि अत्याधुनिक हुने उनको दाबी छ ।

‘यसलाई रिसर्च सेन्टरका रूपमा विकसित गरी मुलुकका लागि क्यान्सर सम्बद्ध जनशक्ति उत्पादन गर्ने लक्ष्यसमेत छ,’ उनले भने, ‘अस्पतालमा स्वदेशी र विदेशी चिकित्सकले सेवा दिनेछन् ।’ उनले आउँदो ०७९ सम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको जनाए । तर केमोथेरापीलगायत सेवा भने आउँदो वर्षभित्रै सुरु गर्ने तयारीमा फाउन्डेसन छ ।

‘सामान्य जनताले सहज र स्तरीय उपचार पाऊन् भनेर अस्पताल खोल्ने प्रयासमा जुटेका

छौ,’ उनले भने । भारतको मध्यप्रदेश र भुटानलगायत मुलुकमा क्यान्सर सम्बद्ध सहयोग र सेवाबाट अनुभव बटुलेको विनयतारा फाउन्डेसनले आगामी २ महिनाभित्रै अमेरिकी डाक्टर बोलाएर उपचार दिने प्रयासमा जुटेको जनाएको छ ।

अस्पताल निर्माणपछि रामगोपालपुरलाई ‘मेडिकल हब’ का रूपमा विकसित गरी सर्वसाधारणलाई कम खर्चमा स्तरीय उपचार दिने प्रयास थालेको उनले जनाए । डा. साहले ल्याएको योजनालाई सफल बनाउन सहयोगका लागि तयार रहेको रामगोपालपुर नगरपालिका प्रमुख अशोक मण्डलले जनाए । उनले पूर्वाधार निर्माणका लागि नगरपालिकाले जमिनलगायत सहयोग गर्ने बताए ।

प्रकाशित : जेष्ठ २७, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?