सातादेखि हात्ती आंतक

जनकपुर — एउटै समूहमा रहेका ३ वटा हात्ती उत्तरपूर्वी धनुषाको तीनवटा बस्तीमा पस्न थालेपछि स्थानीय त्रसित बनेका छन् । धनुषाको जंगली इलाकामा रहेको केमलीपुर, एक्लेवर र सुकुम्बासी बस्तीका बासिन्दा एक सातायता हात्तीको आंतकले असुरक्षित छन् ।

सातादेखि हात्ती आंतक

धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरस्थित पोखरी दमार सामुदायिक वनमा देखिएका ३ वटा हात्तीले छेउछाउको बस्तीमा प्रवेश गरेर क्षति पुर्‍याउन थालेका छन् । एक सातादेखि हात्तीको आंतक नरोकिएपछि प्रदेश सरकार वन मन्त्रालयको टोलीले सोमबार हात्ती प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । पोखरी दमार सामुदायिक वनमा ३ वटै हात्ती बासस्थान बनाएर बसेका र साँझपछि बस्तीमा प्रवेश गरेर घर भत्काउने गरेको स्थानीय बताउँछन् ।


केमलीपुर, एक्लेवर र सुकुम्बासी बस्तीका करिब दुई दर्जन घर हात्तीले भत्काइदिएको उनीहरूको भनाइ छ । ३ वटै हात्तीले त्यो इलाकाको खेतबारीमा लगाएको अन्नबाली समेत नष्ट गर्न थालेको स्थानीयले बताए । जंगली हात्तीको आक्रमणबाट जोगिन रातको समयमा स्थानीय सुरक्षित स्थानमा जाने गरेका छन् । चौतारामा समूहमै बसेर उनीहरू रात काट्छन् । हात्तीको आक्रमणले घरवारविहीन भएका उनीहरूले प्रदेश सरकारसित हात्तीलाई बस्ती नजिकबाट धपाउन माग गरेका छन् । प्रदेश २ का उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले, जिल्ला वन कार्यालय धनुषाका अधिकृत अशोक झा, सहायक वन अधिकृत सुरेश शर्मालगायतको टोलीले सोमबार हात्ती प्रभावित क्षेत्रको निरीक्षण गरेर हात्तीलाई बस्ती नजिकबाट धपाउने उपायबारे छलफल गरेका छन् । वनको टोलीले हात्तीको आक्रमणबाट जोगिने उपायबारे पनि स्थानीयलाई जानकारी दिए ।

मिथिला नगरपालिका–७ का वडा अध्यक्ष युवराज उप्रेतीले हात्तीको निरन्तरको आक्रमणले गाउँले त्रसित बनेको र विस्थापित हुने अवस्था आएको बताए । स्थानीय बद्रीविक्रम बानियाँले सामुदायिक वनमा आश्रय लिएर बसेका ३ वटै जंगली हात्ती दिनभर शान्त रहे पनि राति हिंसक बन्ने
गरेको बताए ।

प्रकाशित : जेष्ठ २९, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?