वर्षा नलाग्दै जनकपुर जलमग्न

जनकपुर — एक घण्टा भएको सामान्य वर्षामा सोमबार अपराहन जनकपुर जलमग्न भएको छ । नगर क्षेत्रमा आउ–जाउ गर्न कठिन भएको छ । सवारी साधनहरू वैकल्पिक बाटो प्रयोग गरी गन्तव्यतर्फ जान बाध्य छन् । भानुचोकदेखि शिवपथ पुग्न सक्ने अवस्था छैन भने शिवचौकदेखि किसोरी नगर जाने बाटोमा ३ फिटसम्म पानी जमेको छ ।

वर्षा नलाग्दै जनकपुर जलमग्न

एकीकृत सहरी विकास आयोजनाअन्तर्गत नगर क्षेत्रमा निर्माणाधीन ढल तथा सडकको काम सुस्त छ । ढलको निर्माण हुन नसकेका कारण पानी सडकमा जमेको छ । जनकपुर नगरपालिका ढल निकासको कामलाई तीव्रता नदिएका कारण स्थानीयवासी आक्रोशित छन् । भानुचोकका स्थानीयवासी प्रदीप भगतले भने, ‘एक घण्टाको पानीले जनकपुरलाई जलमग्न बनाएको छ । वर्षाको मौसममा के होला ?

एसियन विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत सडक विस्तारका क्रममा ‘काखा पाखा’ भएको भन्दै श्रीराम युवा कमिटी तथा महावीर युवा कमिटीको सोमबार बसेको संयुक्त बैठकले गम्भीर आपत्ति प्रकट गरेको छ । महावीर युवा कमिटीका अध्यक्ष रोशनशेखर जएसवाल तथा श्रीराम युवा कमिटीका अध्यक्ष शम्भुप्रसाद साहले जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर साहलाई ज्ञापनपत्र बुझाई जनकपुरको ऐतिहासिक पोखरीका डिलमा निर्मित अनाधिकृत भौतिक संरचना भत्काउनुपर्ने माग गरेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?