१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३
प्रदेश २

Pradesh-2

‘अराजक’ जनप्रतिनिधि

जनताको सेवा गर्न निर्वाचित भएका जनप्रतिनिधि नै अराजक बन्न थालेका छन् । आफूले भनेको काम नगरेको भन्दै उनीहरूले कर्मचारीलाई हातपात गर्न थालेका हुन् ।

‘अराजक’ जनप्रतिनिधि

कारागारमा अवैध असुली

पर्साको वीरगन्ज कारागारमा महिला कैदीहरूबाट चौकीदारले पैसा असुल्ने गरेका छन् । कारागारमा खटिने चौकीदारलाई रकम नबुझाए यातना दिने गरेको कैदी बन्दीहरूले बताएका छन् ।

कारागारमा अवैध असुली

जथाभावी नदी दोहन

बागमती र लालबकैया नदी किनारामा विकास निर्माणका नाममा केही व्यावसायीले ढुङ्गा, गिटी र बालुवा निर्यात गर्दै आएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा विकास निर्माणको काम भइरहेको मौका छोपी व्यवसायीले खोलामा अवैध दोहन गरिरहेका हुन् ।

जथाभावी नदी दोहन

मेयर–उपमेयर विवाद: १ वर्षदेखि उपमेयर ‘बाइपास’

पचरौता नगरपालिकाको मेयर र उपमेयरबीच चुनाव जितेदेखि सुर भएको विवाद अहिलेसम्म नसुल्झिँदा यहाँको काम प्रभावित भएको छ । चुनाव भएको वर्ष बित्न लाग्दासमेत दुबैबीचको विवाद नसुल्झिँदा अरू जनप्रतिनिधि हैरान छन् ।

मेयर–उपमेयर विवाद: १ वर्षदेखि उपमेयर ‘बाइपास’
असार ४, २०७५

जोखिमपूर्ण स्थानमा ‘बोल्डर क्रेटिङ’

सप्तरीवासीलाई हरेक वर्ष वर्षातमा दु:ख दिने खाँडो नदीको तटबन्धअन्तर्गत जोखिमपूर्ण स्थानमा ‘बोल्डर क्रेटिङ’ गरिएको छ । गतवर्ष बालुवाको बाँध मात्र निर्माण गरिँदा कयौं स्थानमा तटबन्ध कटान भई नदीको बाढी मानव बस्तीमा प्रवेश गरेको थियो ।

जोखिमपूर्ण स्थानमा ‘बोल्डर क्रेटिङ’

विस्थापितले बेचे घर

२०५० सालमा बागमतीमा आएको बाढीले साविक गढौ र पौराई गाविसका बासिन्दाको घरबारी बगाएर ठूलो विपत्ति ल्यायो । झन्डै ५ सय धुरी बगाएपछि स्थानीयलाई जीवनयापनमा संकट थप्यो ।

विस्थापितले बेचे घर

महिला आत्महत्या प्रकरणः आफन्तले शव बुझ्न मानेनन्

घटनाको अनुसन्धान गर्न माग गर्दै आफन्त शव सनाखत गर्न नआएपछि चार दिनअघि आत्महत्या गरेकी एक महिलाको शव अलपत्र परेको छ । गर्मी याममा बाराको कलैयास्थित जिल्ला अस्पताल शवले दुर्गन्धित हुन थालेपछि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्‍याइएको छ ।

महिला आत्महत्या प्रकरणः आफन्तले शव बुझ्न मानेनन्

यसै वर्ष रेल गुड्ने

भारत सरकारको सहयोगमा सञ्चालित जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजनाको काम अन्तिम चरणमा छ । १० अर्बभन्दा बढीको यो परियोजना दुई वर्ष ढिला भए पनि यस वर्ष (सन् २०१८) भित्र जनकपुरवासीको ब्रोडगेज रेल चढने सपना पूरा हुने छाँट देखिएको छ ।

यसै वर्ष रेल गुड्ने

प्राधिकरणकै खर्चमा उद्योगलाई फिडर

पर्सा–बारा औद्योगिक कोरिडोरका दुई उद्योगलाई विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले आफ्नै खर्चमा ‘सिंगल फिडर’ निर्माण गरिदिएको पाइएको छ ।

प्राधिकरणकै खर्चमा उद्योगलाई फिडर

जङ्गल छाडेर बस्तीमा वन्यजन्तु

गर्मीयाम सुरु भएपछि यहाँका दुर्लभ वन्यजन्तु जंगल छाडेर बस्तीमा आउन थालेका छन् । तिनीहरू भने स्थानीय बासिन्दाको निशानामा पर्ने गरेका छन् । बस्तीमा आउने हरिण, मृग, बँदेल लगायत वन्यजन्तुलाई गाउँका सिकारीले विद्युतीय धराप (करेन्ट) लगाउने, गोली हान्ने र घेराबन्दी गरेर धारिलो हतियारले मार्ने गरेका छन् ।

जङ्गल छाडेर बस्तीमा वन्यजन्तु