कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दस वर्षीया बालिका बलात्कृत

राजविराज — सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ३ मा एक १० वर्षीया बालिका बलात्कृत भएकी छन् ।

दस वर्षीया बालिका बलात्कृत

शुक्रबार दिउँसो ४ बजे घरबाट सामान किन्न बजारतर्फ जाने क्रममा राजविराज नगरपालिका ३ भलुवाही खोलाको डिलमा रहेको झाडीमा ती १० वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भाबेश रिमालले जानकारी दिए । चकलेट किनिदिने प्रलोभन देखाएर झाडीमा लगेर राजविराज २ का मोहम्द साबिरले ती बालिका बलात्कार गरेको रिमालले जनाए ।

बालिकालाई बलात्कार गरी फरार भएका साबिरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले शनिबार उनलाई सार्वजनिक गरेको हो । डीएसपी रिमालका अनुसार पक्राउ परेका आरोपी साबिरमाथि जबरजस्ती करणी शीर्षकको मुद्दामा म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको छ ।

आरोपित पक्राउ
महोत्तरी (कास)– लोहरपट्टी नगरपालिका–७ की ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोही गाउँका १८ वर्षीय जमसेद राई पक्राउ परेका हुन् ।

पक्राउ परेका राईलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ । बालिकामाथि अप्राकृतिक मैथुन भएको स्वास्थ्य परीक्षणबाट थाहा भएको प्रहरीले जनाएको छ । बालिकाको रक्तस्राव भएपछि अभिभावकले सोधपुछ गर्दा बलात्कृत भएको खुलासा भएको हो ।

बालिकामाथि बलात्कार भएको किटानी जाहेरीसहित अभियुक्त जमसेद राईविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ । उनीविरुद्ध अप्राकृतिक मैथुन तथा बाल यौन दुराचारको अभियोगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका नायव निरीक्षक सुखाडी साहले जनाए ।

प्रकाशित : असार ५, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?