२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जथाभावी नदी दोहन

विकास निर्माणका नाममा ढुङ्गा, गिटी र बालुवा अवैध निकास
शिव पुरी

समनपुर (रौतहट) — बागमती र लालबकैया नदी किनारामा विकास निर्माणका नाममा केही व्यावसायीले ढुङ्गा, गिटी र बालुवा निर्यात गर्दै आएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा विकास निर्माणको काम भइरहेको मौका छोपी व्यवसायीले खोलामा अवैध दोहन गरिरहेका हुन् ।

जथाभावी नदी दोहन

स्थानीय प्रशासनले दोहन रोक्न कडा कमद चाल्ने बताएको छ । यसअघि दुवै नदीमा भइरहेको दोहन रोक्न प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल स्थलगत निरीक्षणमा पुगेका थिए । बागमतीको समनपुर, हर्दिया, रमौली र लालबकैया घाटमा दैनिक ठूलो संख्यामा टयाक्टरबाट गिटी बालुवा, ढुंगा उत्खनन भइरहेको छ । स्थानीय तहमा भइरहेको सडक, नाला, कल्भर्ट निर्माणको नाममा खोलामा दोहन सुरु भएको हो । यही मौका छोपेर केही व्यवसायीले क्रसर उद्योगमा गिटी ओसारिरहेका छन । ढुंगा, गिटी र बालुवा केही निर्माण कम्पनीले बेचिरहेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

रमौली नाकामा गरुडा नगरपालिकास्थित शिवशंकर क्रसर उद्योगले अवैध रूपमा नदीजन्य उत्पादन निर्यात गरिरहेको छ । जिल्ला समन्वय समितिको अनुमतिमा रमौली नाकामा एक्जाभेटर लगाएर निर्वाध खोला दोहन गरिरहेको हो । क्रसर उद्योगका सञ्चालक दयाराम साहले रमौली नाकामा एक्जाभेटर लगाएर गिटी र ढुंगा संकलन गरेको हुन् ।

ढुंगा, गिटी र बालुवा ओसार्न टयाक्टरको लाइन लाग्ने गरेको पाइन्छ । प्रजिअ रिजाल स्थलगत निरीक्षणमा गएका बेला बागमती नदीमा स्थानीय ठेकेदार नागेन्द्र साहले एक्जाभेटर प्रयोग गरी मापदण्ड विपरीत नदीमा खाडल पारेर दोहन गरिरहेको फेला पारेका थिए । रिजालले नदीको खाडल तत्काल पुर्न निर्देशन दिएका थिए । ‘नदीमा जथाभावी दोहन रोक्न पहल थालेको छु,’ उनले भने, ‘विकास निर्माणका नाममा नियम मिचेर उत्खनन गर्ने, नदी दोहन गर्नेलाई कारबाही हुन्छ ।’ बागमती पुलबाट दक्षिण भेगमा दिनमा २ सयभन्दा बढी टयाक्टर गिटी बालुवा ढुंगा निकासी गर्दै आएका छन् ।

केही ट्रिपर समेत गिटी ओसार्न प्रयोग गरिएको छ । यता चुरे क्षेत्रमा बढदो उत्खनन र दोहन रोक्न स्थानीय प्रशासनले कदम चालेको छ । यस क्षेत्रबाट दिनहँु ढुंगा निकाल्ने गरिएको छ । चेरे क्षेत्रमा जथाभावी उत्खननका क्रममा मुहान अतिक्रमणमा परेपछि केही वर्षयता पूर्वपश्चिम राजमार्गका नदीहरू सुक्न थालेका छन् । त्यस क्षेत्रमा अव्यवस्थित बसोबासका लागि चुरे अतिक्रमण, जथाभावी ढुंगा उत्खनन र वन विनाश बढदै गयो ।

त्यसैको फलस्वरूप अतिक्रमणको क्रममा पानीको मुहान पुरिने र भत्किने क्रम बढेपछि नदी सुक्न थालेको हो । रौतहट बारा सीमा क्षेत्रमा पर्ने धन्सार, लमाह र लाल बकैया नदीमा बालुवा मात्रै छ । यो नदीमा कहिले पानी सक्दैनथ्यो । चुरे क्षेत्रबाट आउने पानीको मुहान सुकेको छ । बाराको दुधौरा, पसाहा, बकैया, रौतहटको लमाह, चाँदि, पौराइको हालत उस्तै छ ।

ढुंगा तस्करी
धन्सार, हिलेखोला, गैंडाटार नाकाबाट ठूलो मात्रामा ढुंगा तस्करी हुने गरेको छ । चुरे क्ष्ोत्र उत्खनन गरी ढुंगा निकालीको हो । टयाक्टर धनीले चुरेबाट रातारात ढुंगा ल्याउने गर्छन् । उनीहरू वन कर्मचारीलाई मिलाएर ढुंगा निकासी गर्दै आएका हुन् । धन्सार क्षेत्रमा इलाका वन अगाडिबाट ढुंगा लैजाने गरिएको छ । वन अधिकृत दीर्घनारायण कोइरालाले जथाभावी उत्खनन गरी चुरे क्षेत्रबाट ढुंगा निकासी गरेको पाइए कारबाही हुने बताए ।

‘हामीले सक्दो रोकने प्रयास गरेका छांै,’ उनले भने, ‘बेलाबेलामा गस्ती टोली पठाएर नाकामा रोक्ने प्रयास गरेका छांै ।’ स्थानीयलाई घर निर्माणका लागि ढुंगा ल्याउन वनले रोक लगाएको छ । चाँदिको सिरबाट केही व्यवसायीले ढुंगा उत्खनन गरिरहेको स्थानीयले बताए । तस्कर गर्न ढुंगा दिइने तर घर बनाउन रोक लगाउने वनको नीतिप्रति स्थानीयले चर्को विरोध जनाएका थिए । केहीले घर निर्माणको नाममा धमाधम बिक्री गर्न थालेपछि वनले कडाइ गरेको जनायो । प्रशासनले जथाभावी उत्खनन रोक्न वन कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रकाशित : असार ५, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?