प्रदेश २
असार ६, २०७५

लागूऔषध सेवन गर्न सीमापारि

सीमावर्ती भारतको बैरगनिया बजारमा लागूऔषधको सेवन तथा कारोबारी गर्नेको संख्या बढेको छ । यस्तोमा युवाको जमात बढी देखिएको छ । उनीहरू पारि सेवन गर्ने र खरिद गरी लुकाएर ल्याउने गर्छन् ।

सस्तियो आँप

‘मालदह । आऊ आऊ एक सयमे दू किलो मालदह आम लिय ।’ जनकपुर अञ्चल अस्पताल जाने बाटोमा आँप बेच्दै गरेका एक बिक्रेता ग्राहकलाई आकर्षित गर्न एकोहोरो चिच्याइरहेका थिए ।

महानगरमा जनशक्ति अभाव

वीरगन्ज महानगरपालिकामा सीमित जनशक्तिका कारण कर्मचारीमाथि अत्यधिक कार्यभार बढेको छ । सेवाग्राहीले पनि कार्यालयबाट छिटो र छरितो सेवा पाउन सकिरहेका छैनन् । 

असार ५, २०७५
ADVERTISEMENT

‘अराजक’ जनप्रतिनिधि

जनताको सेवा गर्न निर्वाचित भएका जनप्रतिनिधि नै अराजक बन्न थालेका छन् । आफूले भनेको काम नगरेको भन्दै उनीहरूले कर्मचारीलाई हातपात गर्न थालेका हुन् ।

कारागारमा अवैध असुली

पर्साको वीरगन्ज कारागारमा महिला कैदीहरूबाट चौकीदारले पैसा असुल्ने गरेका छन् । कारागारमा खटिने चौकीदारलाई रकम नबुझाए यातना दिने गरेको कैदी बन्दीहरूले बताएका छन् ।

जथाभावी नदी दोहन

बागमती र लालबकैया नदी किनारामा विकास निर्माणका नाममा केही व्यावसायीले ढुङ्गा, गिटी र बालुवा निर्यात गर्दै आएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा विकास निर्माणको काम भइरहेको मौका छोपी व्यवसायीले खोलामा अवैध दोहन गरिरहेका हुन् ।

मेयर–उपमेयर विवाद: १ वर्षदेखि उपमेयर ‘बाइपास’

पचरौता नगरपालिकाको मेयर र उपमेयरबीच चुनाव जितेदेखि सुर भएको विवाद अहिलेसम्म नसुल्झिँदा यहाँको काम प्रभावित भएको छ । चुनाव भएको वर्ष बित्न लाग्दासमेत दुबैबीचको विवाद नसुल्झिँदा अरू जनप्रतिनिधि हैरान छन् ।